भूपदेव माली
राजविराज, १९ असोज ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका भव्य वक्तित्वकला प्रतियोगिता सम्पन्न भएको छ।
विद्यालयमा प्रत्येक शुक्रबारका दिन सप्ताहिक रुपमा गरिने कार्यक्रम को तह शुक्रबार “देशमा शिक्षकहरूको भुमिका“ शिर्षक राखेर २९ जना छात्र– छात्राहरूको सहभागितामा प्रतियोगिता सम्पन्न भएका हुन्।
विद्यालयका वरिष्ठ शिक्षक श्रवण मण्डलले मंच सञ्चालन गरिएको प्रतियोगिता कार्यक्रममा कक्षा ६ देखि कक्षा १० सम्मका छात्र छात्राहरु मध्ये १० जना छात्रा एवं १९ जना छात्रहरुले भाग लिएकी थिए ,सो मध्ये कक्षा ८ का महेश राय प्रथम , कक्षा ९ का कृष्णा मण्डल दुतिय , कक्षा १० का खेलेश्वर मण्डल तृतीय र वैकल्पिक सान्त्वना पुरस्कार यूवराज यादवले स्थान प्राप्त गर्दै उत्कृष्ट अङ्क बाट पुरस्कृत भएका हुन्।
कार्यक्रममा निर्णयक मण्डलमा शिक्षक प्रभु नारायण यादव, सरोज यादव, शम्भु यादव , मनोज यादव र पुजा दास रहेका थिए भने कार्यक्रम विद्यालयका प्रिन्सिपल देवनाथ यादवको नेतृत्वमा सफल एवं भव्य रूपमा सम्पन्न भएको विद्यालयका लेखा प्रमुख लिलाकान्त यादवले बताउनुभयो।
सम्पन कार्यक्रममा प्रतियोगितामा सहभागी भएका सम्पूर्ण विद्यार्थीहरुले उत्कृस्ट वाचन गरेका थिए। पुरस्कृत विद्यार्थीहरुलाई प्रिन्सिपल यादव द्वारा पुरस्कार वितरण गरिएको सो कार्यक्रममा विद्यालयका सैकडौं विद्यार्थीहरूको उपस्थिति रहेको थियो।