भूपदेव माली
राजविराज, २३ भाद्र ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर–१ भारदहमा अवस्थित पूर्वी नेपालको प्रसिद्ध शक्तिपीठ कंकालिनी भगवती मन्दिरको सिंहासन श्रृगारका लागि चाँदी प्रदान गरिएको छ।
ग्राम शिवनगर,थाना बलुवा बजार, जिल्ला सुपौल,विहार बस्ने
वुवा हिरालाल एवं आमा तेजनी देवी सिंहको स्मृतिमा छोरा सुनील सिंहले मन्दिर भित्र रहेको सिंहासन श्रृगारका लागि ७.३४९ किलोग्राम सुन्दर आकृति निर्मित चाँदी प्रदान गरिएको हो।
कंकालिनी भगवती मन्दिर विकास समितिको रोहवरमा सो कलात्मक आकृतिहरू द्वारा निर्मित चाँदी सिंहासनमा जडान गरि हस्तान्तरण गरिएको छ। सोही क्रममा मन्दिर विकास समितिका उपाध्यक्ष लक्ष्मण मण्डलले दातृ तेजनी देवी सिंहलाई मन्दिर भएको मायाको चिनो प्रदान गरि सम्मान गरिएको थियो।
यसरी नै यस अघि खाने पानी योजना जनकपुर धामका डिभिजन इन्जिनियर रमेश मण्डलको पहलमा सो कार्यालय द्वारा जल शुद्धीकरण यन्त्र ( वाटर फिल्टर) र हनुमाननगर कंकालिनी नगरपालिकाका मेयर वीरेन्द्र माझीको पहलमा जल चिस्यान यन्त्र ( वाटर कुलर मसिन) प्रदान गर्दै मन्दिर विकास समितिलाई हस्तान्तरण गरिएको मन्दिर विकास समितिका अध्यक्ष श्यामसुन्दर मण्डलले जानकारी गराउनुभयो।