भूपदेव माली
राजबिराज, ३२ साउन ।
नगर प्रमुख वीरेन्द्र माझीको नेतृत्वमा नगरपालिकाका कर्मचारीहरु द्वारा कंकालिनी भगवती मन्दिरको सरसफाइ गरिएको छ ।
सप्तरीको हनुमाननगर कंकालनी नगरपालिकाका नगर प्रमुखको नेतृत्वमा नगरपालिकाका कर्मचारीहरुलै हिन्दु कैलेण्डरको अनुसार यो बर्षको साउन महिनाभरी पुरुषोत्तम मास (मलेमास) पर्न गएकोले गएराति २१ः०० बजेतिर सो पुरुषोत्तम मासको समय सकिन जाँदा मन्दिरलाई सुध्दिकरणको अवसर पारेर कंकालिनी भगवती मन्दिर परिसर भित्र रहेका सबै मन्दिरहरू लाई धोएर परिसरभित्र रहेका फोहोरहरु सरसफाई गरिएको हो।
मेयर माझीको नेतृत्वमा नगर प्रहरीका टीम, नगर द्वारा संचालित बारुणयन्त्र एवं बारुणयन्त्र कर्मचारीहरूको टिम, फोहोर व्यावस्थापन गर्ने गाडी संगै सफाई कर्मी कर्मचारी टिमले बिहीबार बिहान ०७ः०० बजेदेखि नै सरसफाई कार्यमा सक्रिय रहँदै बारुणयन्त्र द्वारा बिशाल मन्दिरको माथिल्लो गुम्बद सम्म धोएर परिसरमा रहेका सबै मन्दिरहरू पानीले सफासँग धोएपछि सफाई कर्मी द्वारा मन्दिरको परिसर लगायत सडकमा रहेका फोहोर मैला बटुलेर गाडीमा हालेर फालेका थिए।
सर सफाइ गर्ने क्रममा कंकालिनी भगवती मन्दिर विकास समितिका अध्यक्ष श्यामसुन्दर मण्डल, उपाध्यक्ष लक्ष्मण मण्डल, मन्दिरका कर्मचारीहरूले समेत सहयोग गरेका थिए।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं ज्ञ भागमा अवस्थित कंकालिनी भगवती भगवती मन्दिर यस नगरको एक विशाल मन्त्री मात्र नभएर पुर्बी नेपालको प्रसिद्ध शक्तिपीठ तथा धार्मिक पर्यटन स्थलको रुपमा रहेकोले यस मन्दिरको चौतर्फी सरसफाइ गर्नु पर्ने आवश्यक ठानेर मेयरले आफ्नो दायित्वलाई वहन गर्दै सरसफाई प्रति जोड दिनुभएको मन्दिर विकास समितिका सदस्य बबलु साहले बताउनुभयो।