भूपदेव माली
राजविराज, २५ साउन ।
सप्तरीका प्रहरी–प्रशासन तानाशाही क्रियाकलाप विरुद्ध पत्रकारहरुको आज दोस्रो दिनको आन्दोलन सम्पन गरेको छ।
सप्तरीका जिल्ला प्रशासन कार्यालय द्वारा आफ्नो कार्यालयभित्र पत्रकारहरुलाई फोटो र भिडियो रेकर्ड गर्न रोक लगाएको विज्ञप्ति जारी तथा जिल्ला प्रहरी कार्यालय सप्तरीको हाताभित्र तथ्याङ्क सङ्कलन गर्ने कार्यमा गएका पत्रकार तथा अधिकारकर्मी मनोहर पोखरेललाई प्रहरीद्वारा ज्यानै मार्ने गरी गरिएको कुटपिट विरुद्ध नेपाल पत्रकार महासंघ सप्तरी शाखाको नेतृत्वमा हिजो बाट प्रेस स्वतन्त्रता खोजि गर्दै मैनबत्ती बालेर आन्दोलनको शंखनाद गर्दै आज जिल्ला प्रहरी कार्यालय सप्तरी कार्यालय अगाडि धर्नामा बसेर दोश्रो दिनको आन्दोलन सम्पन गरिएको हो।
साउन २३ गते जिल्ला प्रशासन कार्यालयमा पत्रकार वृजमान तमाङ र डम्बर राईलाई कार्यालय भित्र छिर्न नदिएपछि विवाद हुँदा २३ गतेको मिति राखेर २४ गतेको मिति राखेर जिल्ला प्रहरी कार्यालयले अनुमतिविना कार्यालयभित्र भिडियो र फोटो खिच्न रोक लगाएको विज्ञप्ति जारी गरेपछि पत्रकार महासंघले प्रेस स्वतन्त्रता बहाल गराउन गर्न चरणवद्ध आन्दोलन सुरु गरिएको थियो।
संविधानको प्रस्तावनामै ग्यारेन्टी भएको पूर्ण प्रेस स्वतन्त्रताको सम्मान गरी जिल्ला प्रशासन कार्यालय सप्तरीले जारी गरिएको उर्दी सार्वजनिक रुपमा क्षमायाचना सहित फिर्ता लिन माग गर्दै पत्रकारहरूको सो आन्दोलनमा सप्तरीका विभिन्न संघसंगठन ,राजनीति दल तथा जनप्रतिनिधिहरुले एक्यबद्धता जनाउँदै गर्नाले आन्दोलन अझ प्रभावकारी बन्दै जानाले २०८०÷०४÷२६ गते जिल्ला जिल्ला प्रशासन कार्यालय सप्तरीले पुनः एक विज्ञप्ति जारी गर्दै २३–२४ गते जारी गरिएको सूचना फिर्ता लिँदै सप्तरीमा प्रेस स्वतन्त्रताको पक्षमा प्रतिबद्धता व्यक्त प्रतिबद्धता जनाउँदै पत्रकार महासंघलाई संवादको लागि तत्पर रहेको सूचना प्रकाशित गरिएको छ।