भूपदेव माली,
राजविराज, २२ साउन ।
संघीय सांसद एवं मधेश प्रदेशका पूर्व समाजिक बिकास मन्त्री नवलकिशोर साह ( रामबाबु) द्वारा निर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन भएको छ।
सप्तरीको अग्नि साईर कृष्णासवरण गाउँपालिका वडा नम्बर –२ स्थित सितापुर स्थित नवनिर्मित स्वास्थ्य चौकी भवनको सोमबार सान्सद साले उद्घाटन गरिएको हो।
जनता समाजवादी पार्टी नेपालका स्थानीय नेता मिलन चौधरीको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा जनता समाजवादी पार्टी नेपालका नेता एवं पत्रकार भोला पासमान, वडा नं २ का वडाध्यक्ष पशुपति प्रसाद चौधरी, गाउँपालिकाका उपाध्यक्ष कल्पना चौधरी सहितको उपस्थिति रहेको थियो।
सान्सद साह मधेस प्रदेशको समाजिक बिकास मन्त्री रहदाँ बेलामा प्रदेशको समाजिक विकास मन्त्रालय बाट प्रदत रु २५ लाखको लागतमा सो स्वास्थ्यचौकी भवनको निर्माण भएको थियो। नवनिर्मित भवन उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको आसनबाट सांसद साहले “ मलाई जनताले विश्वास गरेर सांसद भवन पठाइएको हुँदा म सप्तरी जिल्लामा व्याप्त सम्पूर्ण समस्याहरुलाई संसदमा राख्ने गरेको“ बताउँदै “यो भवनको लगायत सप्तरीमा साढे तीन सयभन्दा बढी विकासनिर्माण कार्यहरु गरेको “बताउनुभयो।
वडा नम्बर–२ सीतापुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गरेपश्चात सांसद साहले सप्तकोशी नगरपालिकाका वडा नम्बर ६ बोछही स्थित भेट–घाट कार्यक्रमका लागि प्रस्थान गर्नुभएको थियो।