भूपदेव माली
राजविराज, १० साउन ।
भारदह का कंकालिनी भगवती मन्दिर विकास समितिले आर्थिक वर्ष २०८०–०८१ का लागि बजेट विनियोजन सार्वजनिक गरेको छ।
बुधबार कंकालिनी भगवती मन्दिर विकास समितिले वडाको भेला आयोजना गरी आर्थिक वर्ष २०८०–०८१ का लागि मन्दिर कोष आन्तरिक एवं बाह्य बाट विनियोजित हुने रकम तथा खर्च शिर्षक विवरण सार्वजनिक गरिएको हो।
विनोद रजकले कार्यक्रम संचालन गरिएको भेलामा वडाध्यक्ष सुरेन्द्र मण्डल, शिक्षक ओमप्रकाश रजक, विनोद माझी , पुजारीहरू, पूर्व वडाध्यक्ष भिमराज मण्डल, समितिका पुर्व पदाधिकारीहरु,बी.पि.स्मा. प. मा.वि. ब्यवस्थापन समितिका अध्यक्ष राजकुमार गाईम, पुर्व गा.वि.स.अध्यक्ष पवन मण्डल, लगायत सैकडौं स्थानीय भर भलाद्मीहरूको उपस्थित रहेको थियो।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर–१ भारदहमा अवस्थित पूर्वी नेपालको चर्चित शक्ति पीठ कंकालिनी भगवती मन्दिरको बृहत विकास एवं व्यवस्थापनका लागि रहेको मन्दिर विकास समितिको गत जेष्ठ ३१ गते भएको निर्वाचन बाट निर्वाचित पदाधिकारीहरु द्वारा सार्वजनिक गरिएको बजेट विनियोजन प्रथम पटक भएको समितिका उपाध्यक्ष लक्ष्मण मण्डलले स्वागत मन्तव्यको क्रममा बताउनुभयो ।
मन्दिर विकास समितिका अध्यक्ष श्यामसुन्दर मण्डलको अध्यक्षता एवं ह . कं. नपा. का नगर प्रमुख वीरेन्द्र माझीको प्रमुख आतिथ्यमा सम्पन्न भेलामा समितिका अध्यक्षले आर्थिक वर्ष २०७९÷०८० बाट बैंक मौज्दात रू. २८०९२४५.९५, नगद मौज्दात रु. ८००९४२.००, पेश्की मौज्दात रु ५०८०००.००, अन्य मौज्दात रु ५१२८५६.८२ रहेको भए पनि पुर्व समिति द्वारा बुझाएको हिसाबमा ८६०००.८२ रू कहाँ खर्च भएको अलपत्र रहेको उल्लेख गर्दै आ.व.२०८०÷०८१ मा आन्तरिक आय ८१९००००.००, बाह्य आय रु ९००००००.०० गरी जम्मा अनुमानित रू २१८२१०४४.७७ सार्वजनिक गरिएको छ। यसरी नै विभिन्न शिर्षकको विवरण सहित बजेट विनियोजन गरेको छ।जस मध्ये सधारण खर्च ( चालु) कोष, प्रशासनिक व्यवस्थापन खर्च ३४०९९३७.४०, मन्दिर तथा पुजा व्यवस्थापन खर्च २४५७००.००,प्रसाद तथा मेष व्यवस्थापन १६३८००.००, चन्दा दान अनुदान आदि व्यवस्थापन९०९५०.०० छुट्याउदै विषेश खर्च ( संचित) कोष बाट सार्वजनिक कल्याण कोष ५४५७००.००, मन्दिर निर्माण दिर्घकालिन कोष ११८८२४५.६३, कर्मचारी कल्याण कोष ८०६४८५५.७८, स्वयंसेवक ब्यवस्थापन कोष २७२८५०.०० छुट्याउदै पुंजीगत खर्च ( विकास) कोष तर्फ आन्तरिक पुंजीगत आय ४७९७३७६.०३,बाह्य अनुदान पुंजीगत आय १०३०००००.०० गरी कुल २१८२१०४४.८४ रु विनियोजन गरिएको बताउदै अध्यक्ष मण्डले लथालिङ्ग रहेको ब्यवस्थापन प्रकृया लाई पुनः ब्यवस्थित गर्ने प्रयास गर्दै निकट भविष्यमा मन्दिरमा संगित एकेडमी र स्वयंसेवक संघको स्थापना गर्ने बताउनुभयो।
कार्यक्रममा पुर्व पदाधिकारीहरु, कर्मचारीहरू र अन्य सम्बन्धित ब्यक्तिहरुको नाममा रहेको पेष्कीका रकम तुरुन्त असुल उपर गर्ने प्रयास गर्नु पर्छ बी.पी. स्मारक पब्लिक माध्यमिक विद्यालय भारदहको ब्यवस्थापन समितिका अध्यक्ष राजकुमार गाईमले बताउनुभयो।
कार्यक्रममा शिक्षक ओमप्रकाश रजक, विनोद माझी, सुरेन्द्र मण्डल, सुशिल माझी लगायतकाले आ– आफ्नो विचार प्रस्तुत गरेका थिए।