भूपदेव माली,
राजविराज २८ माघ ।
प्रधानमंत्री ओलीले संसद विघटन गरे नयाँ निर्वाचन गरी देशलाई आर्थिक मारमा धकेल्न खोजेको मात्र नभई ओली सरकारले लोकतन्त्रलाई नष्ट पार्नका लागि प्रेस ऐन विधेयक ल्याएर प्रेस स्वतन्त्रतालाई संकुचित पार्ने प्रयास, मधेशी जनतासँग रहेको भारत–नेपाल बेटीरोटी सम्बन्ध विगार्न नागरिकता ऐन ल्याउने प्रयास, कोरोना महामारीका बहानामा नेपाल–भारतको नाका बन्द गरी मधेशी जनताको आर्थिक स्थिती कम्जोर गर्ने प्रयासहरु गर्दै आएको जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले बताउनु भएको छ । वहाँले ओलीले राजा महेन्द्रको नीतिलाई पूनरावृति गर्न राजा ज्ञानेन्द्र साहसँग साँठगाँठ गरिएको आरोप समेत लगाउँदै नेकपा दुई पार्टीमा विभाजित भई सकेपनि हालसम्म निर्वाचन आयोगले दुईपार्टीको बैधता नदिई षडयन्त्र गरेको समेत आरोप लगाउनु भएको छ । वहाँले जनताको पैसा अरबौं रकम चुनावमा खर्च हुने बताउनु भयो । भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस ।
https://youtube.com/watch?v=5atRVjKfbo0&feature=share
सप्तरीको महदेवा गाउँपालिका वडा नं. ५ डाढामा आयोजित जसपा नेपालका जनप्रदर्शन तथा विरोध सभा कार्यक्रममा यादवले यस्तो बताउनु भएको हो ।
आयोजित कार्यक्रमका अध्यक्षता महदेवा गापाका अध्यक्ष दिपक कुमार यादव (टुटुबाबु) ले गरेका थिएभने मंच संचालन सुभाष यादवले गर्नु भएको थियो ।
हजारौं नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको सम्पन्न सो कार्यक्रममा माओवादी द्वन्दकालमा सप्तरीबाट जनसेनामा कमाण्डरको भूमिका निर्वाह गरेका छेदी अरगरियाले नेकपाबाट जसपामा प्रवेशसँगै तिरहुत गाउँपालिका तथा महदेवा गाउँपालिका अन्तर्गतका विभिन्न पार्टी परित्याग गरी सैकडौको संख्यामा जसपामा प्रवेश समेत गरिएको सो सभामा प्रदेश २ का समाजिक विकास मन्त्री नवलकिशोर साह ‘‘रामबाबु’, भूमि ब्यवस्थापन कृषि तथा सहकारी मंत्री शैलेन्द्र साह, राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंह यादव, रा.स.स. शेखर कुमार सिंह, प्रदेश सभा सदस्य मनिष सुमन, बरिष्ट नेतृ रेणु यादव लगायतकाले ओलीको असंबैधानिक निर्णयको विरुद्ध आआफ्ना धारणा राखेका थिए ।