भूपदेव माली
राजविराज, २१ असार ।
राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले विक्रमसंवत् २०७९ को माध्यमिक शिक्षा परीक्षा एस ई ई को परिक्षा नतिजा प्रकाशित गरेको छ।
प्रकाशित नतिजा को अनुसार परीक्षामा ३.६ देखि ४ जिपिए ल्याउनेको संख्या २२ हजार ४७५ रहेको छ । जुन कूल परीक्षार्थीको २.९ प्रतिशत रहेको छ। त्यसैगरी ३.२ देखि ३.६जिपिए ल्याउनेको संख्या ५५ हजार ६८ र २.८ देखि ३.२ जिपिय ल्याउनेको संख्या ७२हजार ३६२ र २.४ देखि २.८ जिपिए ल्याउनेको संख्या ८९ हजार ३३१ जना रहेको छ।
यस बर्षको एस ई ई मा ४ लाख ८४ हजार ३३१ जना परीक्षार्थी रहेको मध्ये एस ई ई मा १.६ देखि २.० जिपिए ल्याउनेको संख्या ३८ हजार ७७० र ०.८० देखि १.२० जिपिए ल्याउनेको संख्या २ हजार २०० रहेको छ।
यसरी नै रा. प. बोर्डद्वारा २०७९ सालको एस ई ई को नतिजा प्रकाशन गरिएको छ ,जस अनुसार ए+ १२६,ए ७७९, बि+ ११७१,बि १४४२, सि + २११४,सि २२२४, डि +८०४ गरी जम्मा ८७७० रहेको छ।जस मध्ये प्राविधिक धारमा जम्मा ३९० जना मात्र रहेको उल्लेख छ।