भूपदेव माली
राजविराज, १८ असार ।
दुर्घटनामा परी उपचारको क्रममा रहेका राजविराज नगरपालिका वडा नं १३ बिसहरियाका अध्यापक डा. पञ्चदेव यादवको निधन भएको छ।
डेढ महिना अगाडि सडकमा गइरहदां एक मोटरसाइकल ठक्कर दिँदा गम्भीर घाइते भएका ६३ वर्षीय डा. यादवको आइतबार विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
डा .यादव महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा कार्यरत रही उनी मैथिली साहित्य परिषद् राजविराजका आजीवन सदस्य, नेपाल प्रध्यापक संघका मधेस प्रदेशका अध्यक्ष ,प्याब्सन मधेस प्रदेशका प्राज्ञिक सल्लाकार र प्याब्सन सप्तरीका पूर्व अध्यक्ष समेत रहेका थिए।
डा.यादवको निधनले शिक्षा क्षेत्रमा एउटा गुरूको अभाव महसुस गर्दै उनीप्रति शिक्षण पेशागत तथा नेपाल प्याब्सन, नेशनल प्याब्सन, प्याब्सन लगायत सप्तरीबासी नै शोक प्रकट गरेका छन्।