भूपदेव माली
राजविराज, १३ बैशाख ।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले बाराको संसदीय क्षेत्र नम्बर –२ बाट प्रतिनिधिसभा सदस्य पदमा विजय भएको अवसरमा संयुक्त गठबन्धन द्वारा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको भारदह बजारमा विजय जुलुस सहित मैनवत्ती बालेर खुसीयाली मनाएका छन्।
जनता समाजवादी पार्टी नेपालका नगर कमिटी अध्यक्ष सन्तोष गुरुङ यादवको नेतृत्वमा पाँच गठबन्धनका नेता कार्यकर्ताहरु द्वारा निकालिएको सो बिजुली भारतमा बजार परिक्रमा गरी सहिद राजीव चौक स्थित कोण सभा सम्पन्न गरेपश्चात् मैनबत्ती बालेका थिए।
निलेश झाले संचालन गरिएको सो कोणसभामा हनुमाननगर कंकालिनी नगरपालिका उपमेयर सरिता यादव,जसपाका क्षेत्रीय अध्यक्ष जितेन्द्र खडगा ,नेपाली कांग्रेसका बिनोद माझि, नेकपा एसका दिलीप यादव, नेपाली कांग्रेसका बुदुर राम, जनता समाजवादी पार्टी नेपालका हरिश्चन्द्र बर्मा, नेपाली कांग्रेसका सत्यजीत झा ( ज्योति झा) ले मन्तव्य राखेका थिए ।
यादवले बारा जिल्लाको संसदीय क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदका लागि चुनाबमा होमिदै २८ हजार ४ सय १५ मतले विजयी भएका थिए भने उहाँको निकटतम प्रतिद्वन्दी जनमत पार्टीका उम्मेद्वार शिवचन्द्र प्रसाद कुशवाहले २३ हजार ३ सय ३४ मत मात्र प्राप्त गरिएको थियो।