भूपदेव माली,
’होली’ कहिले हो?, ’होली’ आउन कति दिन बाँकी छ? भन्ने प्रतीक्षाको घडी सकिएको छ। फाल्गुन पूर्णिमाको दिन आइपुगेको छ, अर्थात होली। नेपालीजनको विशिष्ट रङ्ग पर्वको रुपमा वा भनौ आनन्द र उत्साह रुपमा अझ भनौ भने सद्भाव एवं भाईचारा सूचकको रुपमा रहेको होली पर्व आज हामी मनाउने तरखरमा छौ।
आनन्द उत्साह र मनोरञ्जनात्मक रुपमा रहेको यो वसन्त ऋतुको चाड संसार भरीका हिन्दूहरूले हर्षोल्लासका साथ मनाउने गर्छन्। फगुवा,जोगिरा आदि होलीका गीतहरु गाउँदै एकले अर्कालाई रंग एवं अबिर दल्ने परम्परा हाम्रो नेपाल तथा भारतमा परापूर्व कालदेखि चल्दै आएको छ ।हाम्रो नेपालीजन जुनसुकै समुदाय वा धर्मका भएपनि होलीमा एउटै आंगन र तालमा झुम्मिन्छन्। वास्तवमा शत्रुलाई पनि मित्र बनाइदिने क्षमतावान यो होली पर्वले एक मनोरन्जनात्मक पर्व मात्र नभई मानिसभित्र व्याप्त अर्काप्रतिको द्वेष, इर्ष्या,कलह, घृणा, शत्रुतालाई भस्म गर्दै हृदय भित्र सद्भाव प्रेम भातृत्वको भावना उत्पन्न गरी स्वच्छ समाज बनाउन बढी महत्व राख्दछ।
होली मनाउने चलनमा भिन्नता
होली पर्व हिन्दु सनातन धर्मको अभिन्न अङ्ग भएपनि यसलाई मनाउने प्रक्रियाहरु ठाउँअनुसार वा भन्नु लोक संस्कृतिको आधारमा केही नकेही फरक भएको देखिन्छ ।भारतको उत्तर प्रदेश राज्यको बरसाना स्थित राधा रानी मन्दिर क्षेत्रमा फाल्गुन शुक्लपक्ष सतमी तिथिका दिन लड्डुमार होली तथा अष्टमी दिन लट्ठीमार होली संसारमै प्रसिद्ध रहेको छ ,जहाँ देशविदेशका पचासौ लाख भन्दा बढी मानिसहरुले सो होली हेर्न तथा खेल्नका लागि पुग्दछन् भन्ने हजारौंले आफ्नो कैमरामा होली खेल्ने दृष्य कैद गर्छन् ।यसरी नै नवमी तिथिका दिन नन्दगाउँको होली, गोवर्धनको होली बृन्दावन स्थित बाँके बिहारी मन्दिरको होली, कोकिला वनका ’होलिका दहन ’होली ,बनारस विश्वनाथ मन्दिरको होली तथा मणिकर्णिका घाट (अश्मसान घाट) को चितादहन होली संसारमा प्रसिद्ध छन् ,जो हाम्रो नेपालको भन्दा फरक फरक ढंगले मनाउने गर्छन्।यस्ता ठाउँहरुमा निष्ठावान भावले भगवानको भक्ति प्रतीक सुद्ध हृदयले एकले अर्कालाई रंग एवं अबिर दल्ने गर्छन्, चाहे त्यो स्त्री होस् या पुरुष। कुनै प्रकारको भेद वा द्वेष विना होली मनाउने गरिन्छन्।
नेपालको तराई मधेशमा होली
असत्यमाथि सत्यको जितको सूचकको रुपमा र आफू व्याप्त द्वेष, इर्ष्या,कलह एवम् सत्रुतालाई दहन गर्दै द्वेषरहित समाज तथा मनमा अर्का प्रतिको जलनलाई नष्ट गर्ने सूचकको रुपमा मनाउने होली एक मनोरञ्जन मात्र नभई धार्मिक अनुष्ठानको रुपमा तराईवासीले अंगालेका छन् ।तराईको पूर्वदेखि पश्चिम महाकालीसम्म का मानिसहरुले मिथिलाको पारंपरिक मैथिल संस्कृति प्रक्रियाबाट होली मनाउने गरिन्छन्।
मिथिलाको पावन भूमिमा धनुषाको पबअजगचष् बाट कष्तब तथा वामको डलरसहित पद यात्रीहरुले वगततष् लगायत महोत्तरीको मठियानी वबभिकजयच मबजष् मजबलगकजब हुँदै पबलअजबल यलभ सम्म परिक्रमा गरी पूर्णिमाका दिन होलीका दहन गरेपश्चात रङ अभिर खेलिने परम्परा रहेको छ। श्रीराम अवध बाट जनकपुर स्थित कञ्चन वनमा होली खेलेको जनविश्वास रहेकोले उक्त ठाउँबाट मिथिलामा होली सुरु गरिन्छन् ।यद्यपि काठमाडौंलगायत पहाडी जिल्लाहरुमा फागू पूर्णिमा कै दिन होली मनाउने चलन छ।
तराईमा होलीका दिन प्रत्येक हिन्दूहरुका घरमा मालपुवा ,तरुवा– भरुवा, मालपुवा, माछामासु ति,आलस वा आन्य विभिन्न किसिमका अचार एवं विभिन्न प्रकारका फलफूल, मिठाईहरु तयार गरी सो परिकारको संगै रङ्ग –अबिर सहित देवीदेवताको भोग, पूजा आराधना गर्दै आफ्नो परिवार तथा छर–छिमेक संगै अन्य साथीभाइ वा अतिथिहरुलाई खान दिने र भोलिपल्ट हर्षोल्लासका साथ रङ खेल्ने परम्परा रहिआएको छ ।जसलाई धुरखेल पनि भनिन्छ ।घुरखेल भन्दा एक दिन पहिले अर्थात फागु पुर्णिमाका दिन राती होलीका दहन गर्ने चलन रहिआएको छ।
हुनतः होलिको प्रारम्भ बसंत पंचमीको दिनदेखि नै हो। बसन्त ऋतुको पदार्पण संगै होलीको पनि प्रवेश हुने गरेको भएपनि मुख्य होली खेल्ने घुरखेल का दिन हो ,सो दिन विभिन्न गाँउटोलका मानिसहरुले टोली निर्माण गरी डम्फा,ढोलक (मादल), हार्मुनियम, मजीरा आदि सहित लोडस्पीकरको माध्यमबाट फागुवा, जोगिरा होलीको गित गाउँदै एक टोल बाट अर्को टोलमा पुगी मानिसहरूको घरदैलोमा डुल्ने– घुम्ने परम्परा छ। कतिपय गाउने टोलीले नटुवा नृत्य गर्दै होलीको रङमा होमिएका हुन्छन्।
होलीको धार्मिक तथ्य
धार्मिक दृष्टिले त्रेतायुगमा भगवान विष्णुका परमभक्त प्रह्लादको भक्ति कथा सँग होलीलाई जोडिएको छ। दैत्यराज हिरण्यकश्यपका पुत्र प्रहलादलाई उनका आफ्नै फुपू होलिकाले आगोमा भष्म गर्न लाग्दा भगवान विष्णुको प्रतापले उनी आफै आगोको चितामा भष्म भएको क दिनका रुपमा होली पर्वको प्रारम्भ भएको मानिन्छ । हिरण्यकश्यपले भगवान विष्णुदेखि घृणा थियो ।तथापि आफ्नै पुत्र प्रह्लाद विष्णुभक्त बनेको हुदां क्रोधित भएर होलिकाको सहयोगमा बल्दै गरेको आगोमा प्रह्लादलाई भष्म गर्न षडयन्त्र गरेका थिए। होलिका दहनका केही दिन पछि भगवान विष्णुले नरसिंह रुपमा अवतरित भै हिरण्यकश्यपलाई संहार गरेका थिए।नारद पुराण र भविष्यत पुराणमा होली पर्व संग सम्बन्धित भगवान विष्णुको नरसिंह अवतार, प्रह्लाद, होलिका दहन, हिरण्यकश्यपलाई बद्ध कथा उल्लेख गरिएको छ।
होलीका दिन अर्थात फाल्गुन पुर्णिमाका दिन नै राक्षसनी पुतनाले बालक श्रीकृष्णलाई आफ्नो दुधमा विष मिलाएर पियाउन प्रयास गर्दा श्रीकृष्णले पुतनालाई संहार गरेका अवसरमा गोपिनीहरुले भगवान श्रीकृष्णको जय जय गर्दै होली मनाएका थिए। अर्को प्रसंगमा श्रीकृष्ण ले राधा तथा सहेली गोपिनीहरु संग जिस्कियाइ – जिस्किएर रंग अबीरको होली खेल्ने प्रसंगको ग्रन्थहरुमा चर्चा गरिएको पाइन्छ।
होली पर्व मनाउने प्रक्रियामा बदलाव
प्राचीन होली र यतिबेलाको होली मनाउने प्रक्रियामा केही कुराहरु लुप्त हुँदै केही नयाँपन आएको छ भने केही नकारात्मक तत्वहरु पनि समावेश भएको देखिन्छन् । प्राचीनकालमा पहेंलो रङका लागि केशर रातो रङ्का लागि लालगुलाल (अबीर), चामलको सेतो पिठो ,चन्दन आदिद्वारा रङ खेलिने गर्दथ्यो। तर यतिबेला असंख्य केमिकल युक्त कृतिम रंगहरु प्रयोग गरिन्छन्। यसरी नै हाम्रा पुर्खाहरुले राधाकृष्ण, सिताराम भक्तिको प्रसंग भएको गीतहरू गाउँदै होली मनाइन्थ्यो भने यतिबेला लौडस्पिकरको माध्यम बाट अश्लील गीतहरु बाजाएर होली मनाउने प्रवृत्तिको थालिनी भएको छ । त्यतिबेला केही व्यक्तिहरुले होलीमा नशाको लागि भांगको झोल प्रयोग गरिन्थ्यो भने अहिलेका युवाहरुले रक्सी तथा नशीली ड्रग्स प्रयोग गरी होली खेल्ने गरेका देखिन्छन् ।
होलिका दहनमा अग्नि देवताको पूजा – आराधना
होली पर्वलाई सत्ययुग देखि भगवान विष्णु भक्ति प्रतिफलको रूपमा सर्वाधिक चमत्कारिक दिनहरू मध्येको यो दिनलाई एक मानिन्छ। यो दिन सृष्टिलाई आफ्नो तेजले भष्म गर्ने शक्ति राखिने अग्निदेवको पुजा– आराधना र उनको शितलताको गुणहरुलाई सम्झिने दिन हो –“होलिका दहन“। भगवान् विष्णुको अनन्य रुपमा एउटा रूप अग्नि देवको हो। अतः होलिका दहन का दिन अग्निदेवताको पूजा सर्वाधिक महत्व राख्दछ।
मत्स्य पुराण अनुसार परब्रम्ह अग्निदेव पंचतत्वहरुमा सबैभन्दा प्रमुख हो। जो सम्पूर्ण जीवजन्तुहरूको शरीरमा अग्नितत्वको रुपमा विद्यमान रहँदै जीवहरूलाई निरोग राख्ने र त्यसको क्रियाशिलता लाई प्रणान्त पर्यन्त रक्षा गर्दछ ।न्यायिक प्रकृयामा यसले कुनै प्रकारले भेदभाव गरिँदैन त्यसैले होला सम्पूर्ण सनातन प्रेमी होलिका दहन का दिन वैष्णव भक्त प्रह्लाद माथि आएको संकटलाई टाल्नका लागि र अग्निदेव द्वारा तापको बदलामा उनलाई शितलता प्रदान गर्ने प्रार्थना गर्दछ ।अग्निदेवको पूजा – उपासना गर्दा घरमा दुख– दरिद्रको प्रवेश हुँदैन र जीवन सुखद हुन्छ।
होलिका दहन गर्ने विधि
सनातन हिन्दू धर्म ग्रन्थहरुमा प्रायः एकै किसिमको होलिका दहन गर्ने विधि–विधान भएको देखिन्छ । अग्नि प्रज्वलनको बेला भद्रा बितिसकेको हुनुपर्छ। प्रदोष ब्यापिनी पूर्णिमा तिथि हो भने यो समयलाई सर्वोत्तम मानिन्छ । यदि भद्रा रहित प्रदोष ब्यापिनी पूर्णिमाको आभाव रहेछ , तर भद्रा मध्यराति भन्दा पहिले समाप्त हुने हो त प्रदोष पश्चात जब भद्रा समाप्त हुन्छ ,त्यतिबेला होलिका दहन गर्न सकिन्छ। तर भद्राको मुख कालको अबधिमा होलिका दहन कदापि गर्नु हुँदैन। कहिलेकाहीँ दुर्लभ स्थितिमा यदि दोष र भद्रा पुच्छर दुबईमा होलिका दहन सम्भव छैन भने त प्रदोष पछि दहन गर्नुपर्दछ।
होलीका दहनको मूहर्त संबेदनशिल किन?
होलिका दहनको मूहर्त अन्य पर्वहरु भन्दा बढी महत्वपूर्ण र आवश्यक भएको मानिन्छ। किनभने भद्रा सूर्यदेव की उद्दण्ड छोरी हो र उनको उपस्थिति मा गरिने कुनै पनि कार्य सकुशल सफल हुन सन्देश मानिन्छन्। ब्रम्हाजीको वरदान स्वरुप भद्राले आफ्नो उपस्थितिमा हुने कुनै पनि कार्यमा अवरोध – बाधा पुर्याउन सकिन्छ।
पूजा गर्ने नियम– विधि
होलिका दहन गर्ने निर्धारित स्थानमा पहिले गंगाजल द्वारा शुद्धीकरण गरेपश्चात सुकेको दाउरा ,गोबरको गुइँठा, घांस आदि छ लाई ठड्याएर, चिताको रुपमा बनाएर पूर्व अथवा उत्तर तिर मुख गरी बसौं। पूजा गर्न एक लोटा जल, फूलमाला ,चामल, गन्ध, पुष्प, कच्चा धागो, सख्खर वा लड्डु, बेसार , अबीर,नरिवल ,धान र नयाँ अन्न लिएर त्यसपछि कच्चा धागोले दौराको चारैतिर सात पल्ट परिक्रमा गर्दै बाँधौं र पुजा गरौ। त्यसपछि अग्नि प्रज्वलन गरौ। यस प्रकारले होलिका दहन गरेमा घरमा दुःख दरिद्र को प्रवेश हुँदैन र जीवन सुखद व्यतीत हुन्छ।
होलीमा रंग–अबिर खेल्दा मार्यादित हुनु आवश्यक
होलीमा रंग खेल्ने केमिकल युक्त रंग प्रयोग गर्नु हुदैन, स्त्री जातिलाई रंग वा अबिर लगाउदा संवेदनशील अंगलाई छुनु हुदैन, होली गित भगवान प्रति सर्मपित भक्ति गित बजाउनु पर्छ, चर्को ध्वनीमा डिजे बाजा तथा अश्लिल गितहरु बजाउनु हुदैन र होलीका दिन कुनै पनि नशा प्रयोग गर्नु हुदैन, यसले होली पर्वलाई विकृत पार्दछ संगै यसले अप्रिय घटना निम्तियाउन सक्छ । वास्तवमा होली पर्व हाम्रो संस्कृति हो, हाम्रो संस्कृतिको पहिचान हो । यसलाई अझ शुद्धीकरण गर्नुपर्दछ, विकृत पार्नु हुदैन। होली पर्वको धेरै धेरै शुभकामना।