भूपदेव माली,
राजविराज, २२ माघ ।
प्रेस चौतारी नेपाल शाखा सप्तरी द्वारा भारदह स्थित पुर्वी नेपालको चर्चित शक्तिपीठ कंकालिनी भगवती मन्दिरमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।
प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसको अवसर पारेर प्रेस चौतारी शाखा सप्तरी द्वारा ईलाका प्रहरी कार्यालय भारदहका प्रमुख प्र.ना.नि. राम अशिष महतोको नेतृत्व टोली, ट्राफिक प्रहरी पोष्ट भारदहका प्रमुख प्रसनि टेक बहादुर बस्नेत र सशस्त्र प्रहरी बल वेस क्याम्प भारदहका प्र.स.नि उमाकान्त चौधरी तथा टोली सहितको सहयोगमा सप्तरीको हनुमाननगर कंकालिनी नपा १ भारदह स्थित पुर्वी नेपालको प्रसिद्ध शक्तिपीठ कंकालिनी भगवती मन्दिरको परिसरमा सरसफाई भएको हो ।
२०५५ मंसिरमा प्रेस चौतारी नेपालको तदर्थ समिति गठन भई २०५५ माघ २२ गतेका दिन विधिवत दर्ता प्रक्रिया स्थपना भएको प्रेस चौतारीका सम्झना स्वरुप हरेक वर्षको माघ २२ गते देशभरी विविध कार्यक्रमहरुको आयोजना हुने हुदाँ यो वर्ष पूर्वी नेपालको धार्मिक स्थल कंकालिनी भगवती मन्दिर परिसरलाई सरसफाई गर्ने कार्यक्रममा प्रेस चौतारीका के.स. एवं सप्तरी जिल्ला इन्चार्ज खगेन्द्र कार्की, पूर्व के.स. मनोहर पोखरेल, मधेश प्रदेश कमिटीका उपाध्यक्ष अर्चना परियार, प्रदेश सदस्य पिन्टु यादव, जिल्ला अध्यक्ष डम्बर राई, सचिव शिव प्रसाद आचार्य, उपाध्यक्ष पूनम पोखरेल, कोषाध्यक्ष भूपदेव माली, सदस्यहरु नविन यादव, जितेन्द्र यादव, दिलिप साह, पंकज साह लगायतकाले कुच्चो सहित प्रयोग गरी सफाई कार्यक्रम सम्पन्न गरेका थिए ।
कंकालिनी भगवती मन्दिर ब्यवस्थापन तथा पर्यटकीय विकासका लागि ‘कंकालिनी भगवती मन्दिर विकास समिति नामक’ संस्था द्वारा प्रयाप्त कर्मचारीहरु नियुक्त भएपनि मन्दिर समितिका पदाधिकारीहरुको लापर्वाहीले गर्दा मन्दिर वरपर क्षेत्रमा जथाभावी फोहरमैलाहरु थुपारिएको हुदाँ प्रेस चौतारीले सो सरसफाई कार्यक्रम गरी मन्दिर क्षेत्रका पसलेहरु र समितीका पदाधिकारीहरुलाई ध्यानकर्षण गर्न सरसफाई गरिएको बताएको छ ।