भूपदेव माली,
राजबिराज, १२ कार्तिक ।
नेकपा (एस) का मधेस प्रदेश सचिवालय समितिका सदस्य अरुण कुमार देवको नेतृत्वमा सयौँ जना नेता तथा कार्यकर्ताहरुले जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन्।
शनिबार सप्तरीको राजविराज स्थिति कृष्णा पार्टी प्यालेसमा जसपा नेपालद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा सो नेता तथा कार्यकर्ताहरुले जसपा नेपालमा प्रवेश गरेका हुन्।
जसपा नेपालका सप्तरी जिल्ला अध्यक्ष केदार प्रसाद यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपरोक्त नेताकार्यकर्ता संगै ईन्जिनियर आदित्य पंकजको नेतृत्वमा दर्जनौ इन्जिनियरहरु र पूर्व अमिन जगदेव यादव ,आशुतोष पंकज,नेकपा (एस) जिल्ला कमिटी सदस्य रामशरण यादव, राम सेवक यादव ,गंगा प्रसाद देव,श्रीकान्त नौनिया, श्रीलाल सरदार,दिपेन राम, अखिलेश देव लगायतकाले नेकपा ( एस) परित्याग गरि जसपा नेपालमा प्रवेश गरेका कार्यक्रम संञ्चालक शम्भु कुमार यादवले जानकारी दिए।
विद्यार्थी नेता शम्भु कुमार यादवले मंच संचालन गरेको सो कार्यक्रममा नवप्रवेशी हरुलाई जसपा नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवद्वारा माला एवं टिका लगाएर स्वागत गरेका थिए।
प्यालेसको हलमा नेता एवं कार्यकर्ताहरु द्वारा खचाखच भरिएको सम्पन्न कार्यक्रममा जसपा नेपालका स्थायी कमिटी सदस्य एवं मन्त्री मृगेन्द्रकुमार सिंह यादवले आउँदो निर्वाचनमा पार्टीको भूमिकाबारे विश्लेषण गरेका थिए भने पार्टीको प्रवक्ता मनिष कुमार सुमनले पार्टीको अवधारणा बारेमा विश्लेषण गरेका थिए।