भूपदेव माली,
राजविराज २७ माघ ।
भारदह बाजारमा चोरीको घटनाहरुमा बृद्धि भएको छ । सोमवार रातीको मध्ये बेला चोरहरुले भारदह बाजार क्षेत्रको तिन दिशामा चारवटा पसलहरुको ताल्चा तोडेर नगद सहित सरसमानहरु चोरी गरी फरार भएको हो ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका अन्तर्गत रहेको भारदह बाजारको हनुमाननगर रोडमा रहको कपडा सिउने दर्जीको पसल तोडेर नया सिलाई गरिएको लुगाहरु मध्ये कोर्टपाईन्ट सेट थान–३, सर्ट थान –६, कुर्ता थान३, समिज सलवार थान–३ र नसिएका लुगाहरु गरी लगभग ४० हजार भन्दा वढी मूल्यको समानहरु चोरी भएको दर्जी मो. इसराईलले बताए ।
सोही बाजारको पूर्व बस स्टेण्ड छेउमा रहेको कपाल काटने सैलुनमा कपाल काटने मेसिनहरु, नगद रुपैया, कैंची लगायत सम्पूर्ण समानहरु लगभग ७० हजार भन्दा वढीको चोरी भएको पसले सुरेन्द्र ठाकुरले बताए ।
यसैगरी हनुमाननगर मन्दिरको पश्चिम पट्टी विजय खिडहरी यादवको चप्पल जुत्ताको पसलबाट लेडिज चप्पल ५ दर्जन, जेन्स चप्पल ४ दर्जन, मोजा १० दर्जन गरी जम्मा १० हजार मुल्य बराबरको चोरी भएको पसलेले बताए ।
चौथौ पसल पूनः कपाल काट्ने गजेन्द्र ठाकुरको सैलुनबाट कपाल काटने मेसिन २ थान, इन्भाईटर तथा सोको चार्जर थान १, रेडियो डेक गरी लगभग २० हजार मूल्य बराबरको समानहरु चोरी भएको बताएको छ ।
यस अघि ३ दिन पूर्व सोही मन्दिर नजिक रहेको एक दर्जीको कपडा पसलबाट भित्र रहेका सिलाइृ गरिएका र नगरिएका जम्मै कपडाहरु चोरी भएको स्थानीयहरुले बताउँछन् ।
भारदह बाजारको क्षेत्र फराकिलो भएको कारणले गस्तीका प्रहरीलाई आँखा छली चोरी गर्न सफल भएको हुन सक्ने इलाका प्रहरी कार्यालय भारदहका प्रमुख प्र.ना.नि. बद्री रायले बताए । वहाँले चोरहरु खोजी कार्य भईरहेको समेत दावी गर्नु भयो ।