भूपदेव माली,
राजविराज, ०१ कार्तिक ।
सप्तरीको हुनुमाननगर कंकालिनी नपा १ भारदहमा अवस्थित विपी माविमा शिक्षा सुधार हुनु पर्ने विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
भारदहका स्थानीय यूवाहरु द्वारा आयोजित कार्यक्रम विद्यालयमा पठनपाठनमा सुधार कक्षा १२ को संचालन, प्राविधिक शिक्षा संचालन तथा अंग्रेजी माध्यमबाट समेत कक्षा संचालन हुनु पर्ने सन्दर्भमा आधारित रहेको थियो ।
स्थानिय यूवा सन्तोष मण्डलको अध्यक्षतामा तथा वडा नं. १ का वडा अध्यक्ष भिमराज मण्डलको प्रमुख आतिथ्यमा सम्पन्न भएको स्थानिय समाजसेवी शम्भु झा, इलाका प्रहरी कार्यालय प्रतिनिधि प्र.स.नि. दिलिप खडका, पूर्व गा.वि.स. अध्यक्ष जगदीश मण्डल, शिक्षक शत्रुधन मण्डल, विपी मा.विका प्र.अ. प्रकाश गुप्ता, ई. नविन देव, ई. आनन्द सिंह मण्डल लगायत स्थानिय बुद्धिजिवी तथा शिक्षित यूवाहरुको उपस्थिती रहेको थियो ।
स्थानिय यूवा बैजु दासले कार्यक्रम संचालन गरिएको कार्यक्रममा उपरोक्त कुराहरु कार्यान्वयन गर्न चरण वद्ध कार्यक्रमहरु गर्दै जाने र कक्षा १२ संचालन गर्नका लागि आवश्यक पहल गर्ने अध्यक्षता गरेका सन्तोष मण्डलले बताए । https://youtu.be/3lSu_MYM_ow https://youtu.be/3lSu_MYM_ow