भूपदेव माली,
राजविराज २३ असार ।
सप्तरीमा गए राती अविरल वर्षाका कारण अधिकांश खोला तथा नदीहरुमा पानीको जलस्तर बढनाले बाढीको स्थिती रहेको छ । कोशी नदीमा जलस्तर बढेको छ भने हनुमाननगर कंकालिनी नगरपालिकाको वडा नं. ३ स्थित देशको मुल सडक पूर्वपश्चिम लोकमार्गमा रहेको महुली खोला पूलको माथिबाट पानीको बहाव हुदा सो वडाको केही घरहरुमा समेत बाढी पसेको छ । https://youtu.be/AJRVnNc950I https://youtu.be/AJRVnNc950I
देशको प्रदेश नं. १ देखि लुम्बिनी प्रदेश सम्म अझै तिनदिन सम्म वर्षा भई रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशभरी मनसुनी वायुको प्रभाव रहेकोले प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मेघगर्जन, चट्टयाङ सहित भारी वर्षा हुने सम्भावना रहेको छ ।
सप्तरीका नदी नाला तथा खहरे खोलाहरुमा पानी सतह वढन सक्ने हुदा आवश्यक सतकता अपनाउन मौसम विभागले चेतावनी दिएको छ ।