भूपदेव माली,
राजविराज २० असार ।
प्रेमीको विजोगमा सप्तरीको एक प्रेमिकाले विष सेवन गरी आईतवार आत्महत्या गर्ने प्रयास गरेपछि प्रेमीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
महदेवा गापाका एक जना यूवतीले तिलाठी कोईलाडी गापा मन्सापुरका प्रेमीले मानसिक तनाव दिदा प्रेमिकाले आत्महत्या गर्ने उद्देश्यले विष सेवन गरेको हो । यूवतीले विष सेवन गरेको थाहा पाएपछि घरका आफन्त द्वारा सप्तरी राजविराज स्थित छिन्नमस्ता अस्पतालमा उपचारका लागि पठाएको बताएको छ । उता प्रेमीले यूवतीले विष खाएको समाचार सुनेपछि प्रेमीकासँग भेटन जाँदा प्रहरीले आफ्नो नियन्त्रणमा लिई जि.प्रका. सप्तरी पठाएको जानकारी प्राप्त भएको छ ।