ईमधेश न्यूज सम्वाददाता,
जनकपुरधाम १२ जेष्ठ ।
प्रदेश नं. २ का प्रख्यात कराँते खेलाडी बैजनाथ यादवको असमायिक निधन भएको आज बुधवार १३ औं दिनको पूण्यतिथिको अवसरमा विभिन्न संघ संस्था द्वारा श्रद्धाञ्जली दिएका छन् ।
स्व. यादव निमोनियाँ रोगले ग्रस्त भई उपचारका लागि काठमांडौं स्थित विर अस्पतालको ट्रामा सेन्टरमा भर्ना रहेको अवस्थामा जेष्ठ १ गते शनिवार रातिको समयमा निधन भएकोले स्व. यादवको आत्माको चिरशान्तिका लागि विभिन्न संघ संस्थाका खेलाडीहरु तथा समाजसेवीहरुले धनुषाको जनकपुर वडा नं. १९ ठुमौना स्थित यादवको आफ्नो घरमा पाँच सय दिप प्रजवलन गरी श्रद्धाञ्जललि कार्यक्रम सम्पन्न गरिएको छ ।
नेपाल क्यूकोसिन कन कराँते संघ प्रदेश नं. २ का अध्यक्ष जनविकास श्रोत केन्द्र जनकपुरका अध्यक्ष गोपाल यूवा समितिका अध्यक्ष सेल्फ डिफेन्स प्रदेश नं. २ का संयोजक समेत रहेका यादव प्रदेश भरी नै एक प्रसिद्ध प्रशिक्षकको रुपमा प्रसिद्धि प्राप्त गरेका थिए ।
धनुषाको जनकपुरधाम वडा नं. १९ ठुमौना स्थित बजरंग डोजो दरा आयोजित कार्यक्रममा लगभग २ सय भन्दा वढी खेलाडी समाजसेवी, बुद्धिजिविहरुले सो श्रद्धाञ्जली कार्यक्रममा सहभागी भएको खेलाडी लक्ष्मेश्वर यादवले जानकारी दिए ।
खेलाडी बैजनाथ यादव प्रदेश नं. २ को आठवटै जिल्लाहरुमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका कराँते खेलाडी उत्पादन गर्न लागि परेको अवस्थामा एक्कासी निधन भएको हुदाँ प्रदेशको ठूलो नोक्सानी भएको भन्दै स्व. यादवको अन्तिम संस्कार काठमांडौं स्थित आर्यघाटमा भएको कुरा खेलाडी सुनिल यादवले बताए ।