भूपदेव माली,
प्रचण्डको नेतृत्वमा नेकपा माओवादीले प्रारम्भ गरिएको जनयूद्धकालमा सप्तरी जिल्लाबाट उमेश यादवले अग्रपंक्तीमा रहेर माओवादीको संगठन तथा यूद्धमा कुशल नेतृत्व प्रदान गर्दै जिल्लाबाट केन्द्रिय समिति समेतमा पुगेर माओवादी सरकारको बेलामा सिंचाई मंत्री बन्न पुगे । यतिबेला प्रधान मंत्री केपी शर्मा ओलीले संसद विघटन गरि नयाँ निर्वाचन गर्न लगाउने निर्णयको विरुद्ध देशका सबै दलहरुले सडक आन्दोलनमा उत्रिएको अवस्थामा नेकपा(दहाल–नेपाल समुह) बाट सप्तरीको सडक आन्दोलनमा योग्य भूमिका निर्वाह गरिरहेको यादव सँग मधेश न्यूजका भूपदेव मालीले गरेको कुराकानीको भिडियो सहित प्रस्तुत छ ।
नेताजी, मधेश न्यूजमा स्वागत छ ।
–धन्यवाद ।
प्रधानमंत्री केपी शर्मा ओलीले संसद विघटन गरे लगतै राष्ट्रपतिले ताजा जनादेशको घोषणा गरिएको मुद्दा यतिबेला सम्मानीय सर्वोच्च अदालतको विचाराधिन रहेको छ, यदि न्यालयले ओली पक्षमै निर्णय दियो भने तपाईको पार्टी भूमिका के–कस्तो रहने छ ?
–सवभन्दा पहिला त सर्वोच्च अदालतले संसद पूनस्थापना पक्षमा नै निर्णय गरिने छ, यदि देशलाई दुखदको भूमरीमा राखेर फैसला दियो भने त्यसपछि देशमा उत्पन्न हुने दुस्परिणामको जवाफदेहिताबाट न देशको प्रधानन्यायधिस उम्किन सक्छ, न यो देशको राष्टपती उम्किन सक्छ, नत यो देशको प्रधानमंत्री नै उम्किन सक्छ र अन्तत यिनीहरुको अवस्था राजा ज्ञानेन्द्र जस्तो दुरावस्थामा पुग्न सक्छ ।
त्यसो भए सर्वोच्चले जनताको पक्षमा निर्णय दिनेछ भन्ने मत छ?
–सर्वोच्चले कसैको मुख हेरेर फैसला दिने होईन, सर्वोच्चले संविधान द्वारा निर्माण भएको संविधान पढेर त्यसको मर्म र भावना हेरेर नै इजलासले निर्णय दिने हो, किनभने त्यसमा समावेश भएको म पनि एक पात्र निर्णय के आउने हामीलाई पनि जानकारी छ ।
प्रधान मंत्रीले पूर्व माओवादी कै कारण संसद विघटन हुन पुगेको भनिन्छ नि?
–एउटा कुरो त, पूर्व माओवादी नभने पनि हुन्छ । किनभने माओवादी विचार नीति छनिकका लागि मात्र अस्थगन गरिएका छन् । माओवादी नभए आज देशमा गणतन्त्र आउने थिएन, आजको यो लोकतान्त्रिक संविधान माओवादी विचार कै उपज हो । रहयो प्रधानमंत्रीको आरोप, आरोप सरासर गलत हो । आजको स्थिती उत्पन्न हुनुको कारकतत्व प्रधानमंत्री स्वयम् नै, हो सबैलाई थाहा भएको केरो हो । प्रधानमंत्रीले संसदबाट भाग्न पाईन्छ? प्रधानमंत्री स्वयम् पार्टीको अध्यक्ष भएर पनि बैठकबाट भाग्न पाईन्छ? प्रतिनिधिहरुले निर्णय गरेकोलाई नमान्नु, पार्टीले निर्णय गरेको कुरो नै नमान्ने भएपछि हैकमवादी प्रबृतिको परिचय हो, पार्टीको निर्णय विरुद्ध तरिकाबाट सरकारलाई देश र जनतालाई हितलाई ख्यालै नगरी हिड्यो भने त प्रधानमंत्रीको पार्टी भित्र विरोध हुनु अनुचित होईन, तर एक्कासी संसद विघटनको स्थिती उत्पन्न गर्न प्रधानमंत्री ओली स्वयम् नै हो ।
अहिले सम्म सर्वोच्चले निर्णय दिन सकेको छैन, निर्णय न आउँञ्जेल सम्म विभिन्न विपक्षी दलहरुले विभिन्न सडक आन्दोलनका कार्यक्रममा लागेका छन् । तपाईको पार्टीले भावी के कस्तो कार्यक्रमहरु ल्याउदै छ?
– खासगरी विपक्षीहरु सबै एकजुट भई हिडने बेला भएको छ । संविधान रक्षामा उभिन जरुरी भएको छ । हाम्रो पार्टीको तत्काल रणनीति संविधानको रक्षा गर्न सडक आन्दोलनका विभिन्न कार्यक्रमहरु गर्नु नै हो । संविधानको रक्षा गर्नका लागि, जनतालाई उत्साहित गर्दै जाने हो । त्यसका लागि हाम्रो पार्टी सडकमा मोर्चा थामेर बसेको छ । अब नेपाली जनताले ओलीको दासत्व स्विकार गरिदैन, यसका हैकमलाई तोडेर छाडने छ । जसरी पंचेहरुको गुण्डागर्दी शैली र हैकमवादी शैलीको अंत भयो त्यसरी ओलीको पनि अन्त्य हुने छ । अगामी २८ गते काठमांडौमा विशाल जनसभा गर्न गईरहेको छौ । त्यसपछि पार्टीका केन्द्रिय समितिले थप योजनाहरु निर्धारण गरिने छ ।
सप्तरीमा तपाईले चलाएको जनसम्बन्ध विस्तार तथा सुढिकरण अभियान कार्यक्रम कतिको प्रभावशाली रहयो?
–भर्खरै नै शुरु गरे । २०६१ पौष ५ गते क. उमेश यादव, पौष २८ गते क. संदेश भन्ने डम्बर यादवको सहादत भएको सम्झनामा यो अभियान चलाएका थियौ । यो सन्दर्भमा दिघवा र तिलाठीमा चलाए । यसबाट म भित्र जनतासँग अत्यिमता र मनोबल बढदै गएको अनुभूति भयो ।
कोरोना महामारीका कारणले नेपाल भारतको सम्पूर्ण सिमा–नाकाहरु बन्द भयो, तर हाल कोभिड १९ विरुद्धको खोप उत्पादन भई सकेपनि सिमानाका पूर्णरुपमा किन खेलिएन?
–अहिलेको सरकारको चरित्र, चिन्तन, शैली उल्टोउल्टो छ । जसकारण सरकारले पनि उल्टै कार्यहरु गर्दैछन् । सिमा क्षेत्रका जनताहरुले बन्दका कारण सास्ती भोग्नु परेको छ । सिमा बन्द गर्नाले मात्र कोरोनाको रोकथाम हुने होईन, सरकारले जनताको स्वास्थ्यको जिम्मा लिनु पर्छ । सिमा–नाका आंशिक रुपमा खोलिएको छ र जनतालाई केही राहत भए जस्तो लाग्छ पनि । तर पूर्णरुपमा सिमा–नाका खोल्नु पर्दछ । जनताले बन्दका कारण ठूलो छति बेहोरी सकेको छ । अब त उपचारको औषधी आई सकेपछि पनि खोप नलागाई नाका बन्द गरी राख्नु उचित होईन ।
हस् त नेताजी, मधेश न्यूजलाई समय दिनु भएकोमा धन्यवाद छ ।
–धन्यवाद छ मधेश न्यूज टिमलाई पनि । भिडियो हेर्नुहोस https://youtu.be/0cqOjfFXizk