भूपदेव माली,
राजविराज २६ बैशाख ।
कोरोना महामारीको संक्रमण रोकथामका लागि जिल्ला संकट व्यवस्थापन केन्द्र सप्तरीका निर्णय अनुसार शनिवार राति १२ः०० बजे पश्चातबाट जिल्ला सप्पुर्ण बाजारहरुमा लगाएको निषेधाज्ञाका पालन गर्दै सम्पूर्ण बाजारका पसलहरु बन्द रहेका छन् ।
जिल्लाका भारदह बाजार, हनुमाननगर, कंचनपुर, महुली, रुपनी, राजविराज, छिन्नमस्ता, पातो, कल्याणपुर, करडबोना, कुशहा, कदमाहा, बोदेबरसाईन बाजारहरु पुर्ण रुपमा बन्द रहेको समाचार प्राप्त भएको छ ।
बोदेबरसाईनमा प्र.ना.नी. अरुण कुमार सिंहको नेतृत्वमा खटिएका नेपाल प्रहरीका टोलीले विहानै देखि गस्ती गर्दै बाजार बन्द गर्न लगाएका थिएभने इलाका प्रहरी कार्यालय भारदहका प्रमुख प्र.ना.नि शत्रुधन राउतको नेतृत्वमा शसस्त्र प्रहरी बल वेश क्याम्प भारदहका जवानहरु र नेपाल प्रहरीका जवानहरुको संयूक्त टोलीले सो क्षेत्रका सम्पूर्ण बाजारहरु बन्द गर्न खटिएका थिए ।
यसरी नै विभिन्न बाजार क्षेत्रका प्रहरी द्वारा सो क्षेत्रका बाजारहरु बन्द गरेका थिए ।
बन्द गर्ने क्रममा निर्माण सामग्री विक्री वितरण गर्ने हार्डवेयरका पसलहरु बन्द गर्नु नहुनेमा प्रहरी द्वारा बलजफ्ती बन्द गर्न लगाएको प्रति केही पसलेहरुको गुनासो पनि आए ।