भूपदेव माली,
राजविराज २५ बैशाख ।
सप्तरीका बाजारहरुमा लकडन(निषेधाज्ञा) जारी गर्ने वितिकै खाद्यान्न सामग्रीहरुको मोल चर्को भएका छन् ।
जिल्ला संकट ब्यवस्थापन केन्द्र सप्तरी द्वारा सप्तरीमा शनिवार राति १२ः०० बाट गरिने निषेधाज्ञाको एक दिन अघि देखि अर्थात शनिवार देखि नै बाजारमा मानिसले दैनिकी उपभोग गर्ने किराना सामग्रीहरु (किराना सामग्रीहरु) को केही ठूला ब्यापारीहरु द्वारा कालोबाजारी गर्न शुरु गरिएका छन् ।
खासगरी सूर्तिजन्य पदार्थ, चिनी, खाने तेल लगायत अन्य कतिपय सामग्रीहरुमा १५ देखि ५० प्रतिशत मोल थपेर ग्राहकहरुसँग व्यापारीहरुले असुल्ने गरिएको हो ।
लकडाउन कारण दैनिकी मजदुरी गरी खाने मानिसहरुलाई रोजगारी समेत अभाव भएको बेलामा चर्को मूल्यमा खाद्यान्न सामग्री खरिद गरी लगाउनु पर्दा आफुहरु संकटमा परेको गुनासो गर्छन् ।
केही ठूला व्यापारीहरुले माल स्टोक गरी बाजारमा खाद्यान्न अभाव भएको भन्दै दाल प्रतिकिलोमा १० देखि २० सम्म, चावल प्रति २५ किलोको पैकमा रु. १०० देखि २०० सम्म, साबुनमा बृद्धि, गुटखाहरुमा ३० देखि ४० प्रतिशत बृद्धि, चिनी प्रति किलो रु १५ देखि २० सम्म, खाने तेलमा रु. २० देखि ३० सम्म मोल बृद्धि गरी बेच्ने गरेका छन ।
मोल हामीले बढाएका छैनौ, ठुलठुला ब्यापारीहरुले नै माल स्टौक गरी बढी मोलमा हामीलाई दिने गरेका भारदह बाजार एक साना किराना पसले देवकृष्ण साहले बताए।
खाद्यान्न सामग्रीहरु गोदामहरुमा लुकाएर समानहरु नै उपलब्ध नहुदाँ मोलमा बृद्धि भएको भन्दै हामी बढी मोलमा सामान किन्नु परेको एक साना किराना पसले कारी अधिकारीको भनाई छ ।