भूपदेव माली,
राजविराज ०९ बैशाख ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका स्वास्थ्यकर्मीलाई कुष्ठरोग विरामी परिवार तथा छिमेकीको सम्पर्क परिक्षण(एल.पी.ई.पी.) सम्बन्धी तालिम विहिवार देखि प्रारम्भ भएको छ ।
मानिसबाट मािनसमा श्वाँस–प्रश्वाँसबाट सर्ने बाहिरी स्नायुलाई घात पुर्याउने कुष्टरोगलाई न्यूनिकरण गर्न नगरपालिकाको सहयोगमा सो २ दिने अभिमुखि(तालिम) कार्यक्रम भएको हो ।
नगरको वडा नं. ८ योगिनिया स्थित वडा कार्यालयको सभाकक्षमा प्रारम्भ भएको सो अभिमुखि कार्यक्रमका अध्यक्षता हनुमाननगर कंकालिनी नपा स्वास्थ्य शाखा प्रमुख विरेन्द्र यादवले गरेका थिएभने विराटनगर स्थित रहेका एन.टी.आर नेपालका माधवराज भट्टले प्रमुख प्रशिक्षकको रुपमा सहजीकरण गर्नु भएको थियो ।
दुई दिन सम्म चलिरहने सो तालिम (अभिमुखीकरण) कार्यक्रममा नगरका प्रत्येक स्वास्थ्य संस्थाहरुका ३÷३ जना स्वास्थ्यकर्मी सहभागी भएका थिए ।
समुदाय ब्यक्तिहरुलाई कुष्टरोग लाग्नबाट रोकथाम, औषधिबाट कुष्टरोग लाग्ने जोखिमको न्यूनिकरण, सम्पर्क जाँचबाट अतिरिक्त नर्या विरामीहरु पत्ता लगाउने आदि उद्देश्यका साथ नगरका स्वास्थ्य कर्मीहरुलाई प्रशिक्षित गरिने सो कार्यक्रमलाई नगरका स्वास्थ्य शाखाका अधिकृत राजेश्वर प्रसाद रायले संचालन गर्नु भएको थियो ।