भूपदेव माली,
राजविराज ०७ बैशाख ।
सप्तरीको कंचनरुप नपा ९ रघुनाथपुर स्थित सुन्दरी राष्ट्रिय आधारभूत विद्यालयको दुई कोठाको ट्रस ब्लकको मंगलवार शिलान्यास गरिएको छ ।
कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त कुमार मिश्रले एक कार्यक्रमबीच दुई कोठे भवनको शिलान्यास गर्नु भएको हो ।
शिलान्यास सम्पन्न सो कार्यक्रममा बोल्दै नगर प्रमुख मिश्रले अभिभावकहरुले आफ्ना बालबालिकाहरुलाई नियमित रुपमा विद्यालय जाने वातावरण मिलाउनु पर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो गरिब दलित सधैं पछाडि पर्नुको मुख्य कारण भनेकै शिक्षामा पहुँच नभएको हो ? गरिब दलितको शिक्षमा पहुँच बढाउनका लागि नगरपालिकाले शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो ।
यति बेला विश्व व्यापी रुपमा फैलिएको घातक महामारी कोरोनाको सक्रमणले गर्दा शिक्षाको साथै आफ्नो स्वास्थ्यमा समेत विशेष ध्यान पु¥याउन मिश्रले सबैलाई आग्रह गर्नुभयो ।
शिक्षा शाखाका संयोजक ललित नारायण यादव, प्रेस सल्लाहकार उत्तम आचार्य लगायतका वक्ताहरुले स्वास्थ्यको मापदण्ड अपनाई कोरोना भाइरस (कोभिड १९) बाट जोगिने वातावरण सृजना गर्न सबैलाई आग्रह गर्नु भयो ।
१६ लाखको लागतमा दुई कोठे ट्रस ब्लकको निर्माण कार्य असार मसान्तसम्ममा सम्पन्न गरिने विद्यालयले जनाएको छ ।
स्वागत मन्तव्य विद्यालयका प्रधानाध्यापक शैयद अलीले गर्नुभएको थियो भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामदेव सदाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।