राजविराज २३ माघ ।
आगोबाट जलेर घाईते एक बृद्ध महिलालाई उपचारको क्रममा शुक्रवार मृत्यू भएको छ ।
सुरङ्गा नपा २ हरदिया बस्ने नन्कु पासमानको पत्नि वर्ष ७५ की कमली देवी पासमानले २२ गते हिवार आगो बालेर राखिएको घुरनिर जिउँ तातो पार्न बसेको बेलामा साडीमा आगो लागेर कम्मर भन्दा मूनि खुट्टा, ढाढ र घाँटी समेत जलेको अवस्थामा उपचारका लागि लहान स्थित रामकुमार उमा प्रसाद स्मारक अस्पताल पठाएको अवस्थामा उपचारकै क्रममा शुक्रवार विहान करिब ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भुवनेश्वर प्रसाद साहले जानकारी दिनुभयो ।साे घटनाबारे थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
यसरी नै हिजो २२ गते विहिवार शम्भुनाथ नपा ६ कठौना स्थित पूर्व पश्चिम लाकमार्गमा पूर्व दिशाबाट आउँदै गरेको बा.२ ज ४०४७ नंम्वरको कारले उत्तरबाट दक्षिणतर्फ बाटो काट्दै गरेको स १० प २७३३ नम्बरको मोटरसाईकललाई ठक्कर दिदाँ सप्तरीको कृष्णा सावरण गापा १ बस्ने ६५ वर्षिय मोटरसाइकल चालक बहुरी चौधरी बाँया हात र शरीरको बिभिन्न भागमा गम्भीर चोट लागेर घाईते हुदा उपचारका लागि धरान स्थित वी.पी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा उपचारको क्रममा बिहान ८ः२० बजेको समयमो मृत्यु भएको प्रहरीले बताइएको छ । कार चालक प्रहरीको नियन्त्रणमा राखी थप अनुसंधान भई रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।