भूपदेव माली,
राजविराज ०७ बैशाख ।
सप्तरीको हनुमाननगर कंकालिनी नपाको स्वास्थ्य शाखा द्वारा कोभिड –१९ लगायत विभिन्न महामारीजन्य रोगहरुको रोकथाम निगरानी तथा नियन्त्रणका लागि अन्तरक्रिया तथा पी.आर.टी परिचालन सम्बन्धी अन्तरक्रिया कार्यक्रम मंगलवार सम्पन्न भएको छ ।
नगरका वडा नं. ८ योगिनियाँको वडा कार्यालय सभाकक्षमा सम्पन्न सो कार्यक्रमका अध्यक्षता स्वास्थ्य शाखा प्रमुख रामदेव यादवले गर्नु भएको थियो भने कार्यक्रम संचालन शाखाका अधिकृत राजेश्वर प्रसाद रायले गर्नु भएको थियो ।
नगरका सम्पूर्ण स्वास्थ्य केन्द्र एवं अस्पतालका स्वास्थ्यकर्मी प्रतिनिधिहरु सहभागी भएको सो कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख रामदेव यादवको संयोजकत्वमा एक नगर स्तरीय ए.आर.टी. समिति परिचालनका लागि ए.आर.टी. समिति गठन गरिएको छ ।
गठन गरिएका सो समितिले नगर क्षेत्रमा कोभिड–१९ संक्रमण फैलिन नदिन हरेक प्रकारले निगरानी गर्दै बाहिरका विदेशबाट आएका मानिसहरुलाई स्वास्थ्य परिक्षण तथा होम क्वारन्टाईन गराउनुको सँगै कोरोना संक्रमणबाट जोगिन जनचेतना कार्यक्रम समेत परिचालन गरिने बताएको छ ।
हनुमाननगर कंकालिनी नगर पालिका क्षेत्रभित्र कोरोना संक्रमण फैलिन नदिन र सो सम्बन्धी हरेक कार्य गर्न नगरपालिकाले पूर्ण तयार रहेको कुरा कार्यक्रममा स्वास्थ्य प्रमुख रामदेव यादवले बोल्दै हामी स्वास्थ्य सुरक्षा प्रदान गरिने स्वास्थ्यकर्मी भएकोले आप्mनो कर्तव्यलाई जिम्मेवार साथ वहन गरिने बताउनु भयो ।