भूपदेव माली,
राजविराज ०६ बैशाख ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १भारदह स्थित पूर्व – पश्चिम लोकमार्गमा राजबिराज बाट बिराटनगर तर्फ गइरहेको मे. १ज १९१३ नंबरको विगंर भ्यानले कोशी ब्यारेजको पश्चिम तर्फको नहर पुलको माथि आगाडी रहेको मे. १ ख २१०८ नंबरको बसमा ठोकिदां भ्यान अनियन्त्रित भई वालमा ठोकिदां भ्यानमा सवार सो १६ जना यात्रुहरू घाइते भएको हो ।
घाइतेहरूको उपचार हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १भारदह स्थित भारदह अस्पतालमा भइरहेको छ । ति घाइते मध्ये एक तिलाठी कोईलाडी गाउँपालिका –१ बस्ने वर्ष ६० का अरुण कुमार देव ( वडा सदस्य) को अवस्था नराम्रो रहेको डाक्टर धर्मेन्द्र खड्गाले बताउनुभयो। दुर्घटनाग्रस्त गाडी इलाका प्रहरी कार्यालय भारदहको नियन्त्रणमा रहेको छ ।