भूपदेव माली,
राजविराज २९ चैत्र ।
डिक्का महासंघ जिल्ला कार्यसमितिको अध्यक्ष पदमा राजेश्वर प्रसाद राय चयन भएको छ ।
सप्तरीको राजविराज स्थित जिल्ला समन्वय समितिको सभा हलमा गए राती सम्पन्न महासंघ सप्तरीको दोश्रो जिल्ला सम्मेलनबाट रायलाई अध्यक्ष पदमा छनौट गरिएको हो ।
२०५५ सालमा धानुक, केवट, कुर्मी र अमात जातिका छाता संगठनको रुपमा स्थापना गरिएको सो महासंघको दोश्रो जिल्ला सम्मेलनले १३ सदस्यीय कार्यसमिति गठन गरिएको छ । नवगठीत कार्यसमितिमा उपाध्यक्षमा राम नारायण मंडल, सचिवमा विशेश्वर कुमार मण्डल, सह सचिवमा माधव कुमार राय, कोषाध्यक्षमा ललन कुमार मंडल र सदस्यहरुमा रामसागर मंडल, चन्द्रकान्त मण्डल, राजेश कुमार मण्डल, रामकुमार मंडल, जयप्रकाश राय, उषा मण्डल, निरेखा कुमारी मण्डल र प्रवक्ता उपेन्द्र प्रसाद मण्डल रहेका छन्
शनिवार सम्पन्न महासंघको खुल्ला कार्यक्रमका अध्यक्षता महासंघका अध्यक्ष रामनारायण मंडलले गर्नुभएको थियो भने प्रमुख अतिथिको रुपमा केन्द्रिय संयोजक अनिल सदा रहेका थिए ।