भुपदेव माली
राजविराज, २४ चैत ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरी लगायत केन्द्रिय तथा प्रादेशिक स्तरमा बुधवार निर्वाचन हुँदैछ ।
निर्वाचनका लागि नेपाल पत्रकार महासंघ शाखा सप्तरीमा अध्यक्ष पदमा श्रवण देव र मनोहर पोखरेलले प्रतिस्पर्धा गर्दैछन् ।
त्यस्तै उपाध्यक्षमा देव समूहबाट विनयलाल कर्ण, अम्बिका दाहाल सचिवमा सतिष दत्त, सह सचिवमा गोपाल प्रसाद गुप्ता र कृष्णदेव यादव तथा कोषाध्यक्षमा नविन गुप्ता उम्मेदवार रहेका छन् ।
यसैगरी पोरखेल समूहबाट उपाध्यक्षमा बैद्यनाथ यादव, पार्वती कुमारी सिंह, सचिवमा राम नारायण विश्वास, सह सचिवमा चन्दन कुमार यादव र डम्बर कुमार राय तथा कोषाध्यक्षमा शुभचन्द्र झा निर्वाचनमा होमिएका हुन् ।
त्यस्तै सदस्यमा खुला सदस्यमा अरुण कुमार यादव, खगेन्द्र कार्की, गंगा प्रसाद साह, दिनानाथ यादव, भोला रमण उप्रेती, राजेन्द्र कुमार मिश्र, राम नारायण यादव, विन्दु कुमार यादव, विद्यानन्द रामको उम्मेदवारी परेको छ ।
त्यसैगरी महिला उपाध्यक्षमा रक्षा चौधरीले समेत उम्मेदवारी दर्ता गराएकी छिन् भने महिला सदस्यमा रश्मि झा निर्विरोध निर्वाचित भएकी छिन् भने उनको आधिकारिक पुष्टि हुन बाँकी छ । दलित सदस्यमा आदिवासी राजकुमार पासवान, आदिवासी जनजाति सदस्यमा कृष्ण कुमार मण्डल, महेन्द्र वनवारी, मधेसी सदस्यमा धर्मपाल राउत, परिष कुमार कर्णले उम्मेदवारी दिएको छ भने अन्य समावेशी सदस्यमा महेश्वर भारतीको उम्मेदवारी रहेको छ ।