भुपदेव माली,
राजविराज २० चैत्र ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका अन्तर्गतका बारुणयन्त्र संचालक कार्यकारी तथा नगर प्रहरी जवानहरुलाई आगलागी नियन्त्रण तथा आगोबाट घाईते भएकाहरुलाई प्राथमिक उपचार सम्बन्धी तालिम शुक्रवार सम्पन्न भएको छ ।
आगलागी हुदाँ आगोलाई नियन्त्रणमा कसरी लिने वा आगो कसरी निभाउने र आगलागी भएको अवस्थामा आगोबाट जलेर शिकिस्त हुनेहरुको तत्काल कसरी उधार गरिने सम्बन्धमा दक्ष प्रशिक्षकहरुबाट तालिम दिनका लागी आगलागी हुदाँ प्रयोग गरिने सम्पूर्ण साधन तथा यंत्रहरु प्रयोग सहितको सो एक दिने तालिम सम्पन्न गरिएको हो ।
नगर प्रमुख शैलेष कुमार साहको पहलमा काठामांडौका भोलेन्टीयर कपर्स नेपालको संयोजनमा हिमालयन इन्सटुचियूट अफ फायर इमरजेन्सी सर्भिस काठमांडौ द्वारा सम्पन्न गरिएको सो तालिममा सुनिता भारद्वाज, सुशिला राउत, राधा मताङ्गीबाट प्रशिक्षक दिएका थिए ।
३० जना भन्दा वढी नगर प्रहरी तथा बारुणयन्त्र सेवाका फायर फाईटरहरु सहभागी भएको सो तालिम इन्धनमा आगो लगाएर सो आगोलाई बारुण यन्त्रका पानी, फायरगैस र फायर बल सहितले आगो निभाउने तरिका बारे तालिम दिदै गैसको प्रतिकुल असरले बेहोस भएका मानिसलाई कित्रिम श्वास दिने मुटुलाई पुनः संचालन गर्ने बारे समेत तालिम दिएको थियो ।
हनुमाननगर कंकालिनी नपा ४ मधवापुर स्थित खेल मैदानमा सम्पन्न गरेको सो तालिममा फायर फाईटरले आगो निभाउने क्रममा प्रयोग गरिने बारुण यन्त्र सहित पी.पी.ई. हेलमेट, ट्रोन्सेल, जुता, ब्रेथोङ्ग, जाकेट, फायर बल, फागर बलाङ्केट, रेस्पीभोटर मास्क आदि प्रयोग गरी प्रयोग सहितको तालिम दिएका थिए ।
https://youtu.be/tuRBH0rQM-Y https://youtu.be/tuRBH0rQM-Y यो एक दिने तालिमले विपदको बेला पुर्ण रुपमा वा सहज रुपमा पूर्णता दिन नसक्ने हुदाँ पूर्ण तालिम प्रदान गर्न व्यवस्था मिलाउन नगर प्रमुखलाई ध्यान आकर्षित पार्दै भोलेन्टीज क्रप्स नेपालका अध्यक्ष दिपक चापागाईले भन्नु भयो अब निकट भविष्यमा मेयर शैलेष कुमार साहको सहयोगमा आगो नियन्त्रण तथा धाईतेहरुको उद्धारका लागि पूर्ण तालिम दिने बताए ।