भूपदेव माली,
कोशी नदी छेउको डुवान एवं बगरक्षेत्रका किसानहरुले केरा उत्पादन गर्ने कार्यलाई छोडदै अब अन्य बालीहरुको खेती गर्न शुरु गरेका छन् । केही दशकदेखि केरा खेती गर्दै आएका मध्ये केही कृषकहरुले मक्कै बाली उत्पादन गर्ने खेती अपनाएका छन् ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ र २ का केही किसानहरुले कोशी नदीको पश्चिमी बगर क्षेत्रका किसानहरुले केरा खेतीमा केही वर्ष देखि नोक्सानी बेहोर्दै आउँदा यो वर्ष केही कृषकहरुले मक्कै खेती शुरु गरेका छन् । मक्कै खेतीमा राम्रो लाभ हुने भएको वडा नं. १ भारदह भलुवा स्थित दश विगाहा भन्दा वढी खेतमा रहेको मक्कैका बाली उदाहरण बनेका छन् ।
एक कठ्ठा खेतमा कमसे कम सात क्विन्टल मक्कै उब्जने भएको र मैले दश कठ्ठा मक्कै बाली लगाएको हुदाँ केरा खेतीको भन्दा राम्रो आम्दानी हुने भलुवाका एक कृषक दिलिप यादवले बताए । समय–समयमा रु. पाँच सय तिरेर भएपनि कृषि मजदुर समेत घरपरिवारका सबै मिलेर मक्कै बालीको खेतीमा कार्य गर्दै आएपनि यो खेतीले निक्कै आम्दानी दिने भएको दिलिप यादवकी धर्मपत्नि सुन्जा देवी यादवले बताईन ।
केरा खेती ल्यागेर गत वर्ष एक विगाहामा मैले मक्कै खेती लगाउँदा राम्रै आम्दानी गरिएकोमा यो वर्ष दुई विगाहामा मक्कै बाली लगाउने गरेको छु मलखाद उन्नतजातका बाली विउ तथा सिंचाई खर्चमा लगभग तिनलाख खर्च गरि सकेको ‘भलुवाकै एक कृषक रामेश्वर यादवले बताए । वहाँले– ‘यो वर्ष रु. ११ लाख देखि १३ लाख सम्मको मक्कै बाली उब्जाउन सक्ने’ दाबी गरे ।
मलखादको अभाव भएपनि ३ वर्षदेखि दुई विगाहा भन्दा वढी खेतमा मक्कै बाली लगाउँदै आएको र यस बालीको आम्दानी केरा खेती भन्दा वढी आम्दानी हुने गरेको हनुमाननगर कंकालिनी नपा २ सकरदहीका कृषक जनार राउतले बताए । वहाँले केरा खेती मा अत्याधिक लगानी गरिएपनि वाढी तथा जंगली जनावरका कारण नोक्सानी बेहोर्दै आएकोमा पहिलो पल्ट मक्कै को खेती मैले नै शरु गरेको’ बताए ।
भारदह–सकरदही क्षेत्रमा अझै पनि केरा खेती हजारौं विगाहामा भएपनि केरा कृषकहरुले केही वर्षदेखि नोक्सानी बेहोर्दै आउँदा बर्तमान रहेका मक्कै खेतीका अत्यधिक उब्जाउले मक्कै खेती उत्तम खेती रहेको अन्य कृषकहरुलाई प्रेरित गर्दछ ।