भूपदेव माली,
राजविराज १८ चैत्र ।
सप्तरीको विभिन्न मन्दिरहरुमा पूर्व यूवराज पारस शाह एवं भारतका सन्त सुर्याचार्य ज्यू महाराजले बुधवार पूजा एवं दर्शन गर्न आएरपनि दर्शन नगरिकनै फर्केका छन् ।
सप्तरीको कंचनरुप नगरपालिकाका बरमझिया स्थित रहेका खेल मैदानमा हेलिकप्तरबाट उर्लेपछि श्री हनुमान आराधना मण्डली द्वारा आयोजित अभिनन्दन कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी पश्चात भारदहको कंकालिनी भगवती मन्दिर, हनुमाननगरको हनुमान मन्दिर र बैरवाको राजजानकी मन्दिरमा पूजा दर्शन गर्ने योजना रहेपनि समयको अभावमा दर्शन–पूजा नगरि नै फर्केका छन् ।
हनुमान आराधना मण्डलीका संरक्षक किशोरी महतो एवं मण्डलीका केन्द्रिय अध्यक्ष रामेश्वर यादव ‘महराजी’ को आयोजना तथा किशोरी साहको अध्यक्षतामा आयोजित सो कार्यक्रमको उद्देश्य राजनीति नभइपनि स्वागत गर्ने क्रममा राजतन्त्र कालकै राष्ट्रगान धुन बजाएको थियो भने राजतन्त्रको प्रशंसा गरिने नाराहरु दिदै
कार्यक्रममा नेपालको अखण्डता, संस्कृति संरक्षण, हिन्दु राष्ट्रको पूनस्थापना आदिको नाराहरु दिएपनि खासै राजनीतिक चर्चा वा बक्तव्य राखेको देखिएन । यद्यपि सम्पन्न सो कार्यक्रममा हजारौ मानिसको उपस्थितीहरुकोसँगै सुनसरीको बाराहक्षेत्र नगरपालिकाको चकरघट्टी स्थित श्री लक्ष्मी बेङ्कटेस मन्दिर आश्रमका संत श्री निवासाचार्य स्वामी जी महाराज तथा उनका अनुयायीहरु समेतको उपस्थिती रहेको थियो ।
बरमझीयाबाट विभिन्न मन्दिरको दर्शनपूजा गर्न पूर्व यूवराज पारस शाहसँगै रहेका सुर्याचार्य लगायत उनका अनुयायीहरु प्रस्थान गरिने योजना स्थगित गरी पूनः फर्केका छन् ।