भूपदेव माली,
राजविराज २१ माघ ।
सडक दुर्घटनामा एकजना मोटरसाईकल चालकको मृत्यू भएको छ ।
सप्तरीको हनुमाननगर कंकालिनी नपा १ भारदह स्थित कंकालिनी मन्दिर देखि ३ कि.मी. पूर्व पूर्वपश्चिम लोकमार्गमा पश्चिम तर्फबाट जादै गरेको लु २५ प ५७१२ नम्बरको मोटरसाईकललाई विपरित दिशातर्फबाट आउँदै गरेको को १ ज ३१९९ नम्बरको यात्रुवाहक बोलेरोले ठक्कर दिदा मोटरसाईकल छतबिछत भई चालकको घटना स्थलमै मृत्यू भएको हो । ठक्कर दिने गाडी र चालक धनकुट्टाको पाखरीवास नगरपालिका ४ बस्ने ३९ वर्षिय तोर्न निरौलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोटरसाईकल चालक मोरङ्गका रंगेली बस्ने अन्दाजी बर्ष ३७ को भिमराज राजबंशी भएको पहिचान भएको छ । राजवंशी एक्लै भएपनि वहाँसँग १ लाख भन्दा वढी नगद रुपैया समेत भएको सुनिन्छ ।
मोटरसाईकल इलाका प्रहरी कार्यालय भारदहको नियन्त्रयामा रहेको छभने बोलेरो इलाका प्रहरी कार्यालय कञ्चनपुरले नियन्त्रणमा लिएको छ । सवलाई पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराज लगिएको छ ।
भारदह देखि कोशी ब्यारेज सम्मको सडक अन्य ठाउँको सडक भन्दा संकिर्ण रहेकोले सडकमा प्रायः सानो तिनो सडक दुर्घटना भई रहने गरेको छ । सडक फराकिलो नहुञ्जेल सम्म सो क्षेत्रको सडकमा दुर्घटना न्यूनिकरण गर्न नसकिने स्थानीयहरुले बताउँछन् ।