भुपदेव माली,
राजविराज १७ चैत्र ।
ने.क.पा.एमाले सप्तरीले होली पर्वको अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रम मंगलवा सम्पन्न गरेको छ।
सप्तरीको कंचनरुप नगरपालिका स्थित रहेको पर्यटकीय स्थल धारापानीमा सम्पन्न सो कार्यक्रममा जिल्लाका लगभग साढे तिन सयभन्दा बढी अगुवा कार्यकर्ता तथा नेताहरुको उपस्थिति रहेको थियो। नेकपाएमाले का प्रदेश नं. – २ खा प्रदेश कमिटी सचिव तथा राष्ट्र सभा संसदीय दलका नेता सुमन कुमार प्याकुरेलको अध्यक्षता एवं नेकपा एमाले स्थायी सदस्य तथा प्रदेश नं. २का इन्चार्ज सत्य नारायण मंडलको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा पार्टीका जिल्ला संयोजक ताराकान्त चौधरी, संसद सरिता गिरी यादव, सप्तकोशी नगरपालिकाका मेयर उत्तम कुमार गौतम, कंचनरुप नपाका मेयर बंसत कुमार मिश्र लगायतकाले मन्तव्य राखेका थिए । कार्यक्रममा एमालेले माओवादीलाई आप्mनो पार्टीमा समावेश गरेर मूलधारमा ल्याउने प्रयास गरिरहदा माओवादीका केही अराजक तथा स्वार्थी नेताले पार्टीलाई तहसनहस गरिने कदम चालेपछि देशमा संसद विघटन गर्नुपर्ने स्थिती सम्म उत्पन्न हुन जाँदा पनि अन्ततः जित एमालेकै भएको र पूनः देशमा एमाले कै सरकार बनिने कुरा प्रमुख अतिथि सत्य नारायण मण्डलले भन्नु भयो ।
https://youtu.be/7su26NWm6TI
पार्टीको सबै संगठनहरुलाई सुढिकरण एवं पूनगठनको आवश्यकता सँगै सरकार बनाउने सम्मको जिम्मेवारी अहिले हामी सबैको काँधमा आईपरेको हुँदा हामीले सक्रिय रुपमा संगठन तिर लाग्नु पर्ने क. सुमन प्याकुरेलले जोड दिनु भयो ।