अत्याधिक वायु प्रदुशणका कारण सम्पूर्ण शैक्षिक संस्थाहरु मंगलवार देखि चार दिनसम्म बन्द गरिने निर्णय सरकारको अदुरदर्शी एवं औचित्यहिन भएको कतिपय स्थानका शिक्षा प्रेमीहरुको ठम्याई रहेको छ । केही जिल्ला तथा क्षेत्रहरुमा तुवाँलोका कारण वतावरण प्रदुशित हुदैमा वायु प्रदुषणको निश्चित मापदण्ड विना नै सबै क्षेत्रका शैक्षिक संस्थानहरुलाई बन्द गर्नु सरकारको निर्णय अनुपयूक्त भएको ठम्याई छ ।
पर्साका विरगंज महानगरपालिका, सप्तरीका बोदेबरसाईन नपा तन्हुको भिमाद नगरपालिका लगायत क्यौं स्थानीय शिक्षा शाखाले विश्व स्वास्थ्य संगठन द्वारा निर्देशित स्वास्थ्य सुरक्षा मापदण्ड विना नै नेपाल सरकारले शैक्षिक संस्थान अन्तर्गत रहेका विद्यालय, क्याम्पस आदिमा चार दिन सम्म पठनपाठनमा रोक लगाउनु अनुपयूक्त भएको ठहर गर्दै पठनपाठनलाई निरन्तरता दिएका छन् ।
गत ६ महिना भन्दा वढी दिनसम्म कोरोनाका कारण देशका सम्पूर्ण विद्यालयहरु बन्द रहेकाले विद्यार्थीहरुलाई अध्ययनमा ठूलो छति भएको स्मरण गराउँदै अब उपरान्त पनि अन्य–अन्य कारणले पठनपाठनमा रोक लगाउँदा विद्यार्थीहरुको अध्ययन मार्गमा ठूलो नोक्सानी बेहोर्नु पर्ने कतिपय शिक्षाविदहरुको ठहर रहेको छ । सरकारले काठमांडौ उपत्यका, नेपालगञ्ज, धनगढी पोखरा, बुटवल सहित केही मुख्य–मुख्य शहरहरुमा तुवाँलोका कारण वायु प्रदुर्शित भई यसले मानव जनजीवनमा प्रतिकुल असर पार्ने अध्ययन–अनुसंधान गर्दैमा देशका सम्पूर्ण शैक्षिक संस्थानहरुमा पठनपाठन बन्द गर्दैमा प्रदुशनलाई कम गर्न नसकिने हो र विद्यार्थीको विद्यालयमा जान रोक लगाउँदैमा स्वास्थ्य सुरक्षाको ग्यारेन्टी हुन नसकिने हुदाँ पठनपाठनलाई जारी राख्नु उपयूक्त होला ।