भुपदेव माली,
राजविराज १४ चैत्र ।
सप्तरीको राजविराजमा प्रेस चौतारी नेपालको सप्तरीको जिल्ला भेला शनिवार सम्पन्न भएको छ ।
प्रेस चौतारी नेपालको सप्तरी जिल्ला संगठनमा बर्तमान अवस्थाको राजनीतिक उथलपुथलले गर्दा संगठन भित्र पनि दुई धारमा विभाजित हुन जाँदा संस्थापक पक्षले संगठन सृढिकरण गर्नका लागि सो भेला गरिएको हो ।
सम्पन्न सो भेलाले अगामी चैत्र मसान्त भित्र चौतारीको सदस्यता नविकरण तथा नयाँ सदस्यता बनाउने गृह कार्य गरी बैशाख ७ गते जिल्ला अधिवेशन गरिने निर्णय गरिएको हो ।
पत्रकार सुखराम यादवको अध्यक्षतामा सम्पन्न सो भेला चौतारीका पूर्व सदस्यहरु लगायत नयाँ उम्मेदवारहरु समेतको उपस्थिती रहेको सो भेला राजविराज स्थित दास धर्मशालामा सम्पन्न भएको थियो ।
प्रेस जगत पूर्णत स्वतन्त्र हुनु पर्ने र यसका लागि प्रेस चौतारी नेपालले विगत देखि नै सत्यताको पक्षधर रही आएको र निकट भविष्यमा प्रेस जगतलाई निश्पक्ष र स्वतन्त्र बनाउन आप्mनै संगठन भित्र रहका केही स्वार्थी पत्रकारहरु माथि कार्वाही गर्नु पर्दा पनि पछाडी नहटिने कुरा प्रमुख अतिथीको रुपमा रहेका प्रेस चौतारी नेपालका पूर्व केन्द्रिय उपाध्यक्ष मनोहर पोखरेलले बताउनु भयो ।
२१ सदस्यीय जिल्ला अधिवेसन तयारी समिति समेत गठन भएको सो भेलामा स्वागत मन्तव्य पत्रकार पुनम पोखरेलले राख्नु भयो भने संगठनको विषयमा ब्यापक विश्लेषण उत्तम आचार्यले गर्नु भएको थियो ।https://youtu.be/LPh0GWCRSEU