भूपदेव माली,
राजविराज ०९ चैत्र ।
सप्तरीको राजगढ गाउँपालिका वडा नं. ४, बेल्ही–चपेनामा भई रहेको राम नाम संकिर्तन तथा विष्णु महायज्ञ समापनको चरणमा गईरहेको छ ।
मानव शान्ति एवं कल्याणका उद्देश्यले चैत्र २ गते देखि शुरु भएको सो यज्ञ ९ दिवसीय रहेकाले सोमबार यज्ञ स्थलमा पचिसौं हजार श्रद्धालुहरु दर्शन तथा मेलाको लाभ दिन उपस्थित भएका थिए ।
१०८ वटा संकिर्तन मण्डप तथा २ वटा विशाल यज्ञहवन मण्डप निर्माण गरी २४ औं घन्टा राम नामको किर्तन तथा राम लिला मंचन भई रहेको सो यज्ञमा मनोरंजन गर्न टावरझुला आदि समेतको ब्यवस्था गरिएको आयोजक समितिले जानकारी गराए । ्
यज्ञबाट हुने आर्थिक आम्दानीको बचतबाट एक सुन्दर मन्दिरको निर्माण गरिने समेतको जानकारी गराउँदै यज्ञका आचार्य तथा यज्ञ समितिका संरक्षक स्वामी जगतानन्द दास ‘पगला बाबाले’ अब यो क्षेत्र पूर्णत धार्मिक क्षेत्रको रुपमा पहिचान गराउने बताउनु भयो ।
यज्ञ प्रकृति बिशाल भएकोले ब्यापक खर्चिलो हुदाँ पनि गापा लगायत अन्य–अन्य दाताहरुको आर्थिक कठनाई नभएको र सबै कार्यहरु राम्रो तवरले हुदै गरेको यज्ञ समितिका अध्यक्ष गजेन्द्र मण्डलले बताउनु भयो ।
सप्तरीमै सबभन्दा ठूलो एवं आकर्षक रुपमा आयोजना भएको सो राम नाम संकिर्तन तथा विष्णु महायज्ञमा चर्चित आचार्यहरु द्वारा मन्त्रोचारण गरी अनुष्ठानलाई पूर्णता दिदै चैत्र ११ गते पूर्णहूति समापन हुने जनाएको छ ।
५ विगाहा भन्दा वढी जग्गा क्षेत्रमा आयाजना भएको सो यज्ञमा एक हजार भन्दा वढी साधु–सन्त तथा बैष्णव किर्तन मण्डलीहरु सहभागी भई पूर्ण विधिनात्मक रुपमा यज्ञ सफल हुन लागेको आयोजक समितिले इमधेश न्यूजलाई जानकारी गराएँ ।