भूपदेव माली,
राजविराज ०८ चैत्र ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका १० वटा विद्यालयहरुमा किशोरीहरुको आत्मरक्षा सम्बन्धी कराँते तालिम आईतवार देखि संचालन भएको छ ।
नगरपालिकाको आर्थिक सहयोगमा जनविकास श्रोत केन्द्र धनुषाले संचालन गरिएको सो कराँते तालिम नगरका किशोरीहरुले पनि खेलकुदमा सक्षमता हाँसिल गरिने उदेश्य सँगै आत्मरक्षा गर्न सक्ने क्षमतामा अभिबृद्धि गर्नु उद्देश्य रहेको हो ।
नगरका १० वटा मा.वि. स्तरका विद्यालयहरुका १ हजार भन्दा वढी छात्राहरुले सहभागी हुने सो कराँते तालिम भारदह बाजार स्थित रोयल सेकेन्ड्री स्कूलबाट आईतवार शुभारम्भ गरिएको हो । जनविकास श्रोत केन्द्रका अध्यक्ष बैजनाथ , प्रदेश नं. २ का प्रख्यात कराँते प्रशिक्षक श्रवण आचार्य, प्रशिक्षकहरु राजकुमार यादव, प्रवण यादवको संयूक्त कोचको भूमिका निर्वाह गरिएको सो तालिममा विद्यालयका कक्षा ८, ९, १० र १२ का सय जना भन्दा वढी छात्राहरुले तालिम लिन उत्साहित रहेको थिए ।
नगरका १० वटै मा.वि. स्तरका विद्यालयहरुमा असार मसान्त सम्म निरन्तर चलिरहने सो कराँते तालिम पूर्ण भए पश्चात नगर स्तरीय कराँते प्रतियोगिता हुने जनाएको छ ।
यसरीनै नगर प्रमुख शैलेश कुमार साहले खेलकुदलाई प्राथमितकता दिदै नगरमा एक सक्षम क्रिक्रेट टिम निर्माण गर्ने उद्देश्यले नगरका १४ वटै वडाहरुका उत्कृष्ट खेलाडीहरुलाई छनौट गरी प्रत्येक वडा स्तरीय क्रिक्रेट टिम गठन गरी सो टिमलाई योग्य प्रशिक्षकहरु द्वारा क्रिक्रेट तालिम समेत दिने भएको छ । प्रत्येक वडाहरुबाट प्रशिक्षित खेलाडीहरुलाई छनौट गरी एक नगर स्तरीय क्रिक्रेट टिमको गठन गरिने श्रोत केन्द्रका अध्यक्ष बैजनाथ यादवले जानकारी गराए ।