भूपदेव माली,
राजविराज ०४ चैत्र ।
पत्रकारहरुको पेशागत संरक्षणका लागि गठित प्रेस चौतारी, नेपाल सप्तरी शाखाले बुधवार प्रेस विज्ञप्ती जारी गरिएको छ । शाखाका अध्यक्ष खगेन्द्र कार्कीको अध्यक्षतामा ०७७ चैत ४ गते राजविराजमा सम्पन्न वैठकले गरेका निर्णयहरु र धारणा सार्वजनिक गर्न सोे प्रेस विज्ञप्ति जारी गरिएको हो ।
विज्ञप्तीमा खर्चिलो र भड्किलो तरिकाले हुदै आएको नेपाल पत्रकार महासंघको निर्वाचन प्रणालीले आर्थिक समस्या र पेशामा विकृति बढाउन थालेको निष्कर्ष निकाल्दै पहिलो पटक तीनवटै तहको एकैचोटी प्रत्यक्ष प्रणालीबाट निर्वाचन हुन गइरहेको स्मरण गराउदै महासंघको केन्द्र, प्रदेश र सम्पूर्ण शाखाहरुको चुनाबको मिति ०७७ चैत २५ गते तोकिदै गर्दा सप्तरीमा पनि विभिन्न पत्रकार साथीहरुले आ–आफ्ना इच्छा र धारणाहरुलाई मनन गर्दा विभिन्न संगठन र समूहबाट अध्यक्ष र विभिन्न पदका लागि उम्मेदवारीको इच्छा गरिरहदा एकलौटी कोही बहुमतमा नरहेको र तालमेल गर्नु पर्ने अवस्था सप्तरी शाखाले महसुस गरिएको छ ।
प्रस्तुत विज्ञप्तीमा तालमेल गरेर दुई वा त्यो भन्दा बढी समूह बनाएर चुनावमा जानु भनेको एउटाको जित र अन्यको हार हुने हुँदा त्यसले समग्र पत्रकारीताको एकताको हार हुने र सुमधुर सम्वन्धमा समेत खलल पुग्ने गरेको तितो यथार्थ भएको ठहर गर्दै यसले फेरी पनि निर्वाचन भडकिलो र खर्चिलो हुने र पेशागत मर्यादामा समेत ह्रास पु¥याउने भएकाले सबै संगठन र समूहबीच तालेमल भएर एउटै समूह बनाउन सके सर्वोत्तम हुने प्रेस चौतारीको धारणा रहेको छ ।
विज्ञप्तीमा पत्रकार महासंघमा आवद्ध एउटै घरको परिवारका सदस्य भएको नाताले र महासंघलाई साझा संस्थाका रुपमा स्थापित गर्न सप्तरी जिल्लाको गौरवमय इतिहासलाई स्मरण गर्दै एकतालाई सुमधुर कायम राख्न, फरक–फरक धारमा आस्था र विश्वास राख्ने वा स्वतन्त्र रहने साथीहरुबीच एकता र आपसी मेलमिलापको सन्देश दिन महासंघलाई साझा स्वरुप दिन आवश्यक रहेको ठहर गरिएको छ ।
सांगठनिक रुपमा जो जे भए पनि हाम्रो पेशा, समस्या र चुनौती एउटै भएकाले जो कोही समस्यामा पर्दा र आवश्यक्ता हुँदा हामि एकताबद्ध हुँदै आएका दर्शाउदै प्रेस चौतारीले अन्तिम सम्म पनि सहमति सहकार्य र एकतावाटै सम्पूर्ण पत्रकारको जित र हित हुने ठहर गर्दै सहमतिय प्रणालीवाटै अगाडी बढ्न र महासंघलाई साझा स्वरुप दिनु पर्दछ भन्नेमा जोड दिएको छ । सोका लागि विभिन्न संगठनको नेतृत्व वर्ग र अग्रज पत्रकारहरुलाई पहल लिन विज्ञप्तीमा अनुरोध गरिएको छ ।
पहलका बावजुद निर्वाचनमै जाने स्थिती भए पनि त्यसलाई लोकतान्त्रिक विधी मान्दै साझा, समावेशी, क्रियाशील संगठन र पत्रकारहरुको प्रतिनिधीत्व हुने गरी महासंघमा सबैको सम्मानजनक र न्यायोचित प्रतिनिधित्व गर्न सफलता मिलोस भन्ने विज्ञप्तीमा शुभकामना समेत दिएको छ ।
यसरी नै जारी विज्ञप्तीमा प्रेस चौतारी नेपाल एकताबद्ध भएर प्रेस संगठन बनेपछि निष्क्रिय बनेको संगठन पुनः प्रेस चौतारीका रुपमा ब्युँतिए पछि प्रेस चौतारी क्रियाशील र सञ्चालनमा आएको जानकारी गराउँदै चौतारीमा आबद्ध अग्रज, सहकर्मी साथीहरुलाई संगठित हुन आग्रह गर्दै प्रेस चौतारी नेपाल, सप्तरी शाखालाई पुनगर्ठन र व्यवस्थित गर्न आगामी चैत १४ गते राजविराजमा जिल्ला भेला राखिएको हुँदा सम्बद्ध साथीहरुलाई सम्पर्कका लागि निमन्त्रण समेत दिएको उल्लेख गरिएको छ ।