भूपदेव माली
राजविराज, १३ असोज ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका को कार्यालय परिसर जलमग्न भएका छन्।
सनिवार कोशी नदीमा आएको भिषण बाढीका पानी हनुमाननगर कृषि हटिया,लिलजा विद्यालय,बांध देखि पूर्वका टोल र नगरपालिका कार्यालयको परिसर जलमग्न भएका हुन्।
कोशी नदीको काखमा पश्चिमी कोशी तटबांधको पूर्वी छेउमा निर्मित नगरपालिकाको कार्यालय बाढी आउँदा जलमग्न हूने पहिलो पटक नभई प्रायः बर्षायाममा कार्यालय परिसरमा पानी छिर्ने गरेको स्थानीयहरूको भनाइ रहेको छ।
नगरमा अन्यत्र विभिन्न ठाउमा प्रयाप्त मात्रामा जग्गा रहेपनि नदीको किनारामा नगरपालिका कार्यालयको निर्माण हुँदा बिगतमा नगरपालिकाको परिसरमा पानी पस्नु भनेको समान्य भएपनि यस वर्ष विजोग नै भएको नगरका स्वास्थ्य शाखा अधिकृत वीरेन्द्र यादवले बताउनुभयो।