भूपदेव माली,
राजविराज, १२ असोज ।
कोशी ब्यारेजमा पानीको सतह उच्च एवं पानीको बहाव तीव्र रहेको छ। ३ देखि निरन्तर भइरहेको वर्षाका कारण कोशी नदीमा आएको बाढीले गर्दा पानीको सतह खतराभन्दा माथि पुगेको हो।
बैरेजमा बढ्दै गएको पानीको कारण ब्यारेजका ५६ वटै ढोका खोलेका छन् भने विज्ञहरू ब्यारेजमा रेखदेख गरिरहेका छन्। कोशी ब्यारेजका सञ्चालक अपरेटर हाइ अलर्ट जारी गरिएका छन् भने कोशी प्रेजेन्टका समस्त पदाधिकारीहरू अलर्टमा रहेका छन्। कोशी प्रोजेक्टका इन्जिनियर हरू कोशी का दुवैतिरका बाँधहरूमा पेट्रोलिङ गरिरहेका छन्।
शनिबार बिहान १० बजेको मापन अनुसार सप्तकोशी नदीमा पानीको भाव ४ लाख ८० हजार ४९५ क्युसेक बहाब भइरहेको छ।
नदीको जलमापन केन्द्र चतराका अनुसार अहिले कोशी नदीमा बाढीको स्तर खतराभन्दा माथि रहेको छ । खतराको तह ७ मिटर रहेकोमा अहिले ७ दशमलव ४१ मिटर पानी मापन गरिएको छ । पानी लगातार बढ्दो अवस्थामा रहेको छ । सप्तकोशी नदीमा आउने अन्य कोशी(सुनकोशी, तमोर, अरुण लगायतका नदीहरु) जस्ता नदीहरुमा लगातार पानीको स्तर बढ्दो रहेको र कोशी नदीमा पानीको सतह असोज १२ गते शनिबार दिउँसो १२ बजेतिर ६ लाख क्यूसेक भन्दा बढी पुग्ने अनुमान गरिएकोले कोशी नदी भित्र एवं डुबान क्षेत्रभित्र खेती गरिएका बालीनालीहरू नष्ट हुन सक्ने , नदीका पेटमा रहेका घरपरिवारहरूलाई क्षति पुग्न सक्ने र आसपासका बासिन्दाहरुलाई सतर्क, सजक र सचेत रहन सूचित गरिसकेको छ।