भूपदेव माली,
राजविराज, २० भाद्र ।
नेपालमा सशस्त्र विद्रोहकालमा निर्माण गरिएका बारुदी सुरुङ्गहरू अझै पनि कायमै रहेको इन्सेक कोशी प्रदेशले विज्ञप्ति जारी गरेको छ।
नेपालमा २०५२ फागुन १ देखि सुरूआत भएको सशस्त्र द्वन्द्व २०६३ मङ्सिर ५ मा नेपाल सरकार र तत्कालीन विद्रोही पक्षविच विस्तृत शान्ति सम्झौता भएसँगै द्वन्द्व अन्त्यको घोषणा भएको १८ वर्ष भयो । नेपाल सरकारले २०६८ जेठ ३१ गते बारूदी सुरूङ मुक्त राष्ट्र घोषणा गरेको १३ वर्ष व्यतित भइसकेको छ। तर, यस अवधिमा द्वन्द्वकालका अवशेषहरू बाँकी रहेका कुरा हालैका पाँचथर जिल्ला काण्डले पुष्टि गरेको विज्ञप्तिमा बताइएको छ।
द्वन्द्वसँग साइनो र सम्बन्ध नै नभएका अबोध बालबालिका मारिने तथा घाइते, अङ्गभङ्ग हुने क्रम जारी नै रहेको भन्दै हालैको पाँचथर जिल्ला, फालेलुङ्ग गाउँपालिका–५ प्राङवुङ्ग, डाँडागाउँमा २०८१ भदौ १३ गते भएको विष्फोटको घटना विज्ञप्तिमा उल्लेख गरिएको छ। घटनामा एकै परिवारका दाजुबहिनी ११ र अढाई वर्षीया बालबालिकाको ज्यान गएको छ भने सात र ११ वर्षीय बालकद्वय उपचारमा रहेको उल्लेख छ।
बालबालिकाको ज्यान जाने गरी भएको घटनाको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र नेपाल बाल मजदूर सरोकार केन्द्र सिविन नेपाल) कोशी प्रदेशले २०८१ भदौ १८ र १९ गते स्थलगत अनुमगन गरेको छ । घटनाका विषयमा पीडित (घाइते) पीडित परिवार, छिमेकीहरू, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, फालेलुङ्ग गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, चिकित्सक, स्वास्थ्यकर्मी, प्रहरी, पत्रकारलगायतसँग घटनाका विषयमा जानकारी लिइएको छ भने पीडितहरूलाई अस्पतालमा भदौ १९ गते भर्ना गरिएको विज्ञप्तिमा प्रष्ट गरेको छ।
जारी विज्ञप्तिमा तत्काल पीडित परिवारलाई राज्यको सम्बोधन सहित घाइतेको प्रभावकारी उपचार, मृतक परिवारलाई उचित क्षतिपूर्ति र राहत, बारूदी सुरूङ, विष्फोटक पदार्थको प्रष्ट परिभाषासहित थप नागरिकको जीवन जोखिममा पर्न नदिन विष्फोटक पदार्थको निश्कृय र उचित व्यवस्थापनका लागि इन्सेक्स सहित अधिकारकर्मी सरकारसंग अपील अपिल गरेको छ।
जारी विज्ञप्तिमा यस किसिमका घटनाले शान्ति प्रक्रियामा गम्भीर ठेस पुरÞ्याउने हाम्रो निश्कर्ष ठहरयाउँदै घटनाको यथाशीघ्र छानविन गरी न्यायिक दायरामा ल्याउन जोडदार माग गर्दै विष्फोटक पदार्थका बारेमा सचेतना अभियान सञ्चालन गर्न
इन्सेक, कोशी प्रदेश कार्यालय, मोरङ, विराटनगर सिविन नेपाल, कोशी प्रदेश कार्यालय, मोरङ, विराटनगरले मांग गरेका छन्।