भूपदेव माली,
राजविराज ०६ फाल्गुन ।
सप्तरीमा मानव शान्ति एवं कल्याणार्थ विष्णु महायज्ञ विहिवार देखि प्रारम्भ भएको छ ।
सप्तरीको हनुमाननगर कंकालिनी नपा ३ पोर्ताहा स्थित बाबा देवीलाल दासको आश्रममा आयोजना भएको सो यज्ञ हरिद्वार, भारतका बाबा नारायण दासको आचार्यत्व एवं नेतृत्वमा हुने विहिवार कोशी नदीबाट जल भर्नका लागि कलश शोभा यात्रा निकालिएको छ ।
महायज्ञ शुक्रवार देखि विधिवत रामायण पाठ, कथा प्रवचन, सिताराम नाम जप तथा प्रतिदिन रात्री रामलिला प्रदर्शन, हुने सो यज्ञ स्थलमा विभिन्न देवी–देवताहरुको मूर्तिहरु निर्माण गरिएको छ भने यज्ञ सम्पन्न गर्न होम मण्डपहरु निर्माण गरी आकर्षण बढाएका छन् ।
यज्ञ शान्तिपूर्ण रुपमा सफल पार्नका लागि र यज्ञमा हरेक सेवा–सुविधा ब्यवस्थापन गर्न १५ सदस्यीय यज्ञ आयोजक समिति गठन गरि कार्यरत रहेको समितिका अध्यक्ष देव नारायण पघैया यादवले बताए ।
यज्ञ नौ दिन सम्म विधिवत तथा निरन्तर चलिरहने फाल्गुन १६ गतेका पूर्णाहुती(समापन) हुने सो १ वर्ष पूर्व नै आयोजन गरिएको थियो, तर कोरोनाका कारण देशमा नेपाल सरकार द्वारा लगाएको लकडनले स्थगित हुन गएको थियो भन्ने कुरा समितिका कोषाध्यक्ष धिरेन रामले जानकारी गराए । वहाँले यो यज्ञ पोर्ताहामा पहिलो पटक आयोजन भएको बताए ।