भूपदेव माली,
राजविराज, २९ साउन ।
हिन्दु देवताहरुको प्रियपात्र श्रीकृष्णको जन्मोत्सवको अवसरमा निर्मित गरिएको मूर्ति विहिवार सेलाएका छन् । सप्तरीको हनुमाननगर कंकालिनी नपा १ भारदह स्थित कोशी ब्यारेजको नदीमा सैकडौ मूर्तिहरु ट्रक, टैक्टर आदि सवारी साधनबाट ल्याएर सेलाएका छन् । जन्माष्टमी तिथिको अवसरमा निर्मित श्री कृष्ण लिलाको विग्रह सो मूर्तिहरुको हिजो विधिवत पूजा अर्चना गरि विहिवार सेलाएर पूणृहुती गर्ने परम्परालाई निरन्तरता दिदै विसर्जन गरिएको हो ।
खासगरी नेपालका तराईवासीहरु जन्माष्टमीको अवसरमा कृष्ण अवतार देखि कृष्णलिला विग्रहको मूर्ति बनाउने चलन सदियौं देखि चलिआएको छ । प्रायः संतान नहुनेहरुले कृष्ण अवतार एवं लिला विग्रह मूर्ति बनाउने भाखल गरिएमा संतानको प्राप्ति भएपछि भाखल अनुरुप मूर्ति बनाई विधिवत अनुष्ठान गर्ने चलन मधेशको सँस्कृति बनेको पाईन्छ । सोही मूर्ति सेलाउन विभिन्न नदी, ताल, पोखरी आदी यो दिन कृष्ण अवतार लिलाको मूर्ति सेलाएको हो । पूर्वमा कोशी नदी मध्यमा कमला र बाग्मती नदीमा बढी मूर्ति सेलाउने गरिन्छन् ।