आज महाशिवरात्री हो। भगवान शिवको सम्मानमा प्रतिवर्ष मनाउने एक हिन्दूहरूको महान पर्व हो । यो नाम त्यो रात्रिको पनि सन्दर्भिक गर्दछ, जुन रात्री भगवान शिव ताण्डव नामक नृत्य गर्दछ ।यज्ञ स्थलमा शिवकी अर्धाङ्गिनी सत्ती देह त्याग गरेपछि कैलासपतिले रिसाएर सतीको शरीर उठाएर ताण्डव गर्ने दिन शिवरात्री हो। फाल्गुन महिनाको कृष्णपक्षको चतुर्दशी तिथिको यो पर्व मनाउने गरिन्छन्।
महाशिवरात्रीको अवसरमा संसारका सम्पूर्ण हिन्दुहरुले जाग्राम बस्नुको ठूलो महत्व छ। ब्रतालुहरुले जाग्राम बस्ने गरिन्छन्। खासमा भगवान शिवको लिगं प्रकट र विवाह यही दिन भएकोले पनि आफ्नो मन परेका संग विवाह हुने र विवाहिले सुखद दाम्पत्य जीवनको लागि यो पर्व अति नै लाभदायक भाएको मान्यता छ। ग्रहको उत्तरी गोलार्ध्द यसप्रकारले अवस्थित हुन्छ, जसले मानिसभित्र उर्जाको प्राकृतिक रुपले माथि तिर उकास्ने गर्दछ ,यो दिन प्रकृतिले मानिसको आध्यात्मिक शिखरको दिशामा लान प्रेरित गर्दछ। संसारिक महत्वकाक्षांहरुमा मग्न मानिसहरुले शिवरात्रीका दिन ब्रत बसी भगवान शिव द्वारा आफ्नो शत्रुमाथि बिजय प्राप्त गर्दछ भन्ने जनविश्वास छ।
शिवरात्रीमा एक रात जाग्राम बसेर मात्र होइन , त्यो रात्री मानिसको जाग्राम संगै सचेत रहनु पनि हो र आफूभित्र भगवान शिवको अनुभूति गर्दै , उपासना गर्दै बर्षको सबैभन्दा अध्यारो रात्रिमा अर्थात शिवरात्रीमा उज्यालो श्रृजित गर्नु पनि हो। संसारको अपरिपक्व मानिसहरुले अन्ध्यारोलाई एक शैतानको रुपमा चित्रित गरेका छन्। हुनत अन्ध्यारो सर्वव्यापी छ । हरेक स्थानमा छ ।यद्यपि शैतानरुपी अन्ध्यारोलाई प्रकाश पार्न वा सैतानरुपी अन्ध्यारोमा उज्यालो पार्न शिवमयी प्रकाश द्वारा प्रकाश दिनकालागि महाशिवरात्रि व्रत बसेर राति जाग्राम बस्दा मन उज्यालो हुने गरेको मान्यता पनि छ ।हाम्रो नेपालमा महाशिवरात्रिका दिन विभिन्न शिवालयहरुमा विभिन्न प्रकारको धार्मिक अनुष्ठानको आयोजना हुने गर्दछ र अवसरमा कतै राती जाग्राम बस्ने गर्दछन् भने कतै चौक चौराहाहरूमा आगो बालेर उक्त आगोमा उखुलाई तताएर फड्काउने गरेका पनि देखिन्छन्।
महा शिवरात्रीको सबैमा हार्दिक शुभकामना।