भूपदेव माली, माघ २६ गते, राजबिराज।
सप्तरीको राजविराज नगरपालिका वडा नम्बर 6 थान गाछी स्थित श्री आधारभुत विद्यालयको स्थापना ५० औं वर्षको अवसरमा स्वर्ण जयन्ती तथा अवकाशप्राप्त शिक्षक-शिक्षिकालाई सम्मानसहित बिदाई समारोह सम्पन्न भएको छ। सम्पन्न समारोहका अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामकुमार चौधरीले गरेका थिए भने प्रमुख अतिथिको रुपमा शिक्षा विज्ञान प्राविधि तथा वाणिज्य मन्त्री महेश प्रसाद यादवले गर्नुभएको थियो २०२९ सालमा स्थापना भएको सो विद्यालयको भौतिक अवस्था जर्जर भएको हुँदा माननीय नेत्रविक्रमको पहलमा तत्कालीन मधेश प्रदेशका समाजिक बिकास मन्त्री नवलकिशोर साह द्वारा २० लाखको लागतमा दुई कोठे भवनको निर्माण कार्य र दोस्रो चरणमा पून:४० लाख रकम प्रदान गरिएको मध्ये कक्षाकोठा र सभाहल निर्माण भएको विद्यालयको यस समारोहमा प्रमुख अतिथि मन्त्री यादवले पुनः विद्यालय जाने बाटो अबरुद्ध भएको हुँदा बाटो निर्माण कार्यका लागी आफ्नो संसदीय कोष बाट रकम प्रदान गरिने घोषणा गर्नुभयो। कार्यक्रममा बिशिस्ट अतिथी राजविराज नगरपालिकाका कार्यवाहक मेयर ईसरफ प्रवीण, अतिथिहरु शिक्षक महासंघ सप्तरीको अध्यक्ष दिनेशप्रसाद यादव ,नेपाल प्याब्सन सप्तरीका अध्यक्ष दिनेश कुमार यादव, एन प्याब्सन सप्तरी अध्यक्ष नरेश साह, स्थानिय बुद्धिजीवी, भर भलादमी समेतको उपस्थिति रहेको थियो। शिक्षक धर्मेन्द्र कुमार साहको मंच संचालन र प्र अ भोला प्र साह द्वारा स्वागत मन्तव्यमा गरिएको सो कार्यक्रममा प्रमुख अतिथि मन्त्री यादव द्वारा २०७९ पौष ३० गते सेवानिवृत (अवकाशप्राप्त) भाएकी शिक्षिका जया कुमारी यादवलाई उत्कृष्टताको प्रमाण – पत्र प्रदान गरी स-सम्मान बिदाई गरिएको थियो।