भूपदेव माली
राजविराज, २६ माघ ।
आधारभुत बिद्यालय भलुवाका आवतजावत गर्ने मुलबाटो बन्द गर्नाले विद्यालय भित्र रहेका विद्यार्थी ,शिक्षक– शिक्षिका तथा कर्मचारीहरु तीन घन्टासम्म विद्यालय भित्रै थुनिएका थिए।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १ भलुवा स्थित श्री आधारभूत विद्यालय भलुवाको विद्यालय भित्र आवतजावत गर्ने आफ्नो बाटो नहुँदा स्थानीय हृदेव यादवको जग्गाबाट वर्षौंदेखि आवतजावत गर्ने गर्दा हृदेव यादवले सो बाटोलाई घेरैबेर गरी बन्द गरेको हुँदा विद्यालयभित्र अध्ययनरत विद्यार्थीहरु सहित शिक्षा– शिक्षिका र कर्मचारीहरु तीन घन्टासम्म विद्यालय भित्रै थुनिएका हून्।
जग्गाधनी यादवले ११ः०० बजे विद्यालयमा पठनपाठन भइरहेको बेलामा एक्कासी बाटो बन्द गरेपछि विद्यालयका प्रधानाध्यापक अशोक यादवले तत्काल प्रहरी प्रशासन ,वडा कार्यालय र पत्रकारहरुलाई सूचना दिदा बेलैमा ईलाका प्रहरी कार्यालय भारदहका प्र .स. दिलिप खड्का सहितका प्रहरी टोली ,वडा नम्बर १ का वडा सचिव एवं पत्रकारहरु घटनास्थलमा पुगे पश्चात सो बाटोलाई खोल्न लगाइएको थियो।
हाल विद्यालयले बाटोका लागि जग्गा खरिद गरेपनि कानुनी कार्यहरु अधुरो रहेकोले साविकको बाटोलाई उपभोग गरिरहेका छन्।