भूपदेव माली
राजविराज, १२ माघ ।
आज देश भरिका विद्यालयहरुमा निष्ठापूर्वक माता सरस्वतीको पूजा आराधना मनाउने गरिएको छ।
वैदिक सनातन हिन्दू संस्कारका विभिन्न आयामहरु मध्ये हरेक वर्षको बसंत पंचमीको दिन मनाइने सरस्वती देवीको पूजा देशका प्रायः सम्पूर्ण निजी तथा संस्थागत विद्यालयहरुका विद्यार्थीहरुले निष्ठापूर्वक मनाउदै गरिएको हुदा यो वर्ष पनि मनाउने गरिएका हुन्।
खासगरी मधेशका प्रायः सबै विद्यालय द्वारा देवी सरस्वतीको मूर्ति स्थापना गरि पूजा आराधना पश्चात विभिन्न प्रकारका प्रसाद वितरण गर्ने गरेका छन् भने माध्यमिक स्तरका विद्यालयहरुमा सरस्वती पूजाको अवसरमा मनोरञ्जन गर्नका लागि विभिन्न किसिमका सांस्कृतिक कार्यक्रमको आयोजना गरी रमाइलो गर्ने गरेका छन्। सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका अन्तर्गतका बि.पी. स्मा. पब्लिक माध्यमिक विद्यालय भारदह, रोयल सेकेन्डरी स्कुल भारदह बाजार, कंचनरुपका सर्वोदय मा. वि., हनुमाननगरका महावीर माध्यमिक विद्यालय,महदेवा गाउँ पालिका अन्तर्गतको वभनगामा कट्टीको माध्यमिक विद्यालय, राजविराज नगरपालिका अन्तर्गतका के. अ. मा. वि. , वर्ल्ड भिजन उच्च माध्यमिक विद्यालय आदि विद्यालयहरुमा पूजा अनुष्ठानलाई भब्य रुप दिन र मनोरञ्जन गर्नका लागि विभिन्न किसिमका सांस्कृतिक कार्यक्रमको आयोजना गरी रमाइलो गर्ने गरेका छन्।
गीत, संगीत,नृत्य, ज्ञान एवं विद्याकी अविष्कारकको रुपमा मानिने देवी पूजाको अवसरमा विद्यालयमा अध्ययन गर्नका धेरै नै अभिभावकहरुले आ– आफ्नो बालबालिकाको नाम समेत दर्ता गराएका छन्।
मूर्ति स्थापना गरिएका विद्यालयहरु द्वारा भोलि देखि मात्र मूर्ति सेलाएर अनुष्ठान सम्पन्न हुनेछ।