भूपदेव माली,
राजविराज, २७ पौष ।
तराई मधेश भू–भागमा हुस्सु/कुहिरो लाग्नाले मानिसको जनजीवन कष्टकर बनेको छ ।
देशभरि पश्चिमी न्यून चापिय प्रणालीको प्रभावले पश्चिम तिरबाट चिसो हावा र सो चिसोबाट उत्पन्न हुस्सु/कुहिरोले गर्दा मानिसहरुको कामकाजमा बाधा, सवारी साधनमा आवतजावतमा अवरोध, गाईभैसी बस्तुहरु चरणचारणमा अवरोध भएको हुनाले मानिसको जनजीवन कष्टकर भएको हो ।
जल तथा मौसम विभाग अनुसार मधेश–तराई भरि २९ गते सम्म समान्यतया मौसम खासै सुधार हुने देखिएको छैन ।
मौसम विभागका अनुसार आज विहान ६ः०० बजे देखी पहाडी भ–ूभागमा आशिंक बदली देखि मौसम सामान्यतया सफा रहेको छ । तराईका भू–भागमा हुस्सु/कुहिरो लागेको छ।
२०७९ पसु २७ गते बुधवार दिउँसोː सुदुूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशमा आशिंक देखि सामान्यत्य बदली तथा बाँकी भू–भागमा आशिंक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । सदुूरपश्चिम प्रदेश तथा कर्णााली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
रातीː सुदुूरपश्चिम, कर्णाली, लुम्बनी र गण्डकी प्रदेशमा आशिंक देखि सामान्यतया बदली तथा बाँकि भू–भागमा आशिंक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । सुदुूरपश्चिम, कर्णााली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
यसरी नै पौष २९ गते शुक्रवार दिउँसोː सदुूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशमा आशिंक दखि सामान्यतया बदली तथा बाँकी भू–भागमा आशिंक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । सदुूरपश्चिम प्रदेश, कणााली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । सदुूरपश्चिम प्रदेश, कणााली प्रदेशका पहाडी भभुागका एक–दईु स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।
रातीː सुदुूरपश्चिम, कणााली र गण्डकी प्रदेशका पहाडी भू–भागमा आशिंक देखि सामान्यतया बदली तथा बाँकी भू–भागमा आशिंक बदली देखि मौसम सामान्त्यतया सफा रहनेछ । सुदुूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका केही भू–भागहरूमा बाक्लो हुस्सु/कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउनु हुन अनुरोध छ ।