भूपदेव माली,
राजविराज, २३ मंसिर ।
मैले मधेस प्रदेशको समाजिक विकास मंत्री रहँदा क्षेत्र नम्बर–१ मा २६० वटा भन्दा बढी विकासको निम्बहरु र कार्यहरु गरेको एवं विकास कार्य गर्ने दिशामा मेरो पूर्व झैं निरन्तरता रहिरहने मधेश प्रदेशका समाजिक बिकास मन्त्री तथा सप्तरीको क्षेत्र नम्बर –१ बाट प्रतिनिधिसभा सदस्य पदमा नवनिर्वाचित सदस्य नवलकिशोर साहले बताउनु भएको छ।
सप्तरीको अग्निसाइर कृष्णा सवरण गाउँपालिका वडा नम्बर –५ स्थित छपकीको आधारभूत विद्यालयको नवनिर्मित दुई कोठे भवनको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको आशनबाट मन्त्री साहले सो कुरा बताउनुभएको हो।
जनताका लागि विकास दिन मैले नेपाल सरकार तथा मधेश प्रदेश सरकार सँग लडेर– झगडेर भएपनि क्षेत्रका जनतालाई व्यापक विकासको कीर्तिमान दिने बताउँदै मन्त्री साहले शिक्षा क्षेत्रमा समुचित विकास तथा पठनपाठन कार्यमा सुधार गर्ने बताउँदै सरकारको नीति र दृष्टिकोण फरक भएकोले बाधा अड्चन भइरहेको बताउनुभयो।
वडा नम्बर ५ का वडाध्यक्ष सबदुल मीयांको अध्यक्षतामा सम्पन्न सो उद्घाटन समारोहमा गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीले – “मन्त्री साहको साथ– सहयोग रह्यो भने मेरो पालिकाको सम्पूर्ण विद्यालयहरूको भौतिक पूर्वाधार पूरा हुने र शिक्षामा सुधार गरिने सोको लागि मैले पालिकाको पोखरीहरु बाट भएको आम्दानी को रकम समेत लगाउने बताउनुभयो।
मधेस प्रदेश सरकारको १८ लाखको लगानीमा निर्मित सो भवनको उद्घाटन समारोहमा पत्रकार बृजमान तमाङ ,संघीय परिषद सदस्य गुना नन्दन चौधरी, जसपाका नेता सूर्यनारायण यादव, इन्द्र देव यादव, रामचन्द्र साह, दुर्गानन्द चौधरी ,रमेश चौधरी ,समाजसेवी रोशन मडर समेतको उपस्थिति रहेको थियो।
लगभग तिन सय भन्दा बढी मानिसहरूको रहेको सो कार्यक्रममा मधेस प्रदेश प्रज्ञा प्रतिष्ठानका सदस्य दिनेश कुमार यादवले – “मानव विकासका लागि मानव संसाधनको विकास हुनु जरुरी भएकोले सो मानव विकास कार्यमा मन्त्री साहले देखाउनु भएको सक्रियता प्रति हामी खुसी छौं “ बताउनुहुदै यादवले – “भविष्यमा पनि मन्त्री साहले यसरी नै विकासको कृतिमान कायम गरि नै रहने हाम्रो अपेक्षा रहेको “ बताउनुभयो।