भूपदेव माली,
राजविराज, २९ कार्तिक ।
म जिते पछि क्षेत्र नं. १ का जनताको जिवन स्तर उकास्न र किसानहरुलाई मलखाद्यको अभावलाई पूर्ति गर्न खाद्यको कारखाना निर्माण गर्न सरकारलाई बाध्य पार्नेछु जनता समाजवादी पार्टी नेपालबाट सप्तरीको क्षेत्र १ बाट प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारी दिएका नवल किशोर साहले बताउनु भएको छ ।
आसन्न निर्वाचनको सन्दर्भमा मत माग्न घरदैलो गर्ने क्रममा मधेश न्यूज टिम सँग साक्षात्कार हुदै नेता साहले सो कुरा बताउनु भएको हो ।
यस अघि म मधेश प्रदेशको सामाजिक विकास मंत्री रहँदा प्रदेश तथा सप्तरकिो क्षेत्र नं. १ को हनुमाननगर कंकालिनी नपाको भारदह अस्पताललाई सात करौड खर्च गरी जिल्ला स्तरीय अस्पतालको रुपमा परिणत गर्दै राजविराज स्थित कृषि विश्वविद्यालयको स्थापना गर्न ५१ विगाहा जग्गा लोहजारा देखि उत्तर तिर बन विभाग द्वारा माँग गरेको छु र सो जग्गा उपलब्ध पश्चात निर्माण कार्य पूरा हुने बताउँदै नेता साहले जनकपुरमा नेपालकै ठूलो स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना गरेको बताउँनु भयो ।
मैले मंत्री रहँदा सप्तरीको १ नं. क्षेत्रका जनताको अपेक्षा अनुसार व्यापक विकास कार्यहरु गरेको बताउँदै यस क्षेत्रका जनताले पूनः जिताएपछि क्षेत्रको मुहार नै परिवर्तन बताउनु भयो ।